गुगलको ठूलो योजना : एन्ड्रोइड र क्रोम ओएस गाभेर एकल अपरेटिङ सिस्टम ल्याउँदै
सारांश
- गुगलले एन्ड्रोइड र क्रोम ओएसलाई मर्ज गरेर नयाँ अपरेटिङ सिस्टम ल्याउने तयारी गर्दैछ।
- नयाँ ओएसले मोबाइल, ट्याब्लेट र क्रोमबुकमा समान अनुभव प्रदान गर्नेछ, जसले क्रस-डिभाइस कनेक्टिभिटीलाई बलियो बनाउनेछ।
- गुगलले नयाँ ओएसको समयसीमा खुलाएको छैन, तर यसले एप्पलको एकीकृत प्रयोगकर्ता अनुभवलाई चुनौती दिने अपेक्षा गरिएको छ।
वासिङटन डीसी । अमेरिकी प्रविधि कम्पनी गुगलले एन्ड्रोइड र क्रोम ओएसलाई गाभेर एक शक्तिशाली एकल अपरेटिङ सिस्टम (ओएस) ल्याउने तयारी थालेको छ ।
टेक राडारलाई दिएको पछिल्लो अन्तरवार्तामा एन्ड्रोइड इकोसिस्टमका अध्यक्ष समीर सामतले दुबै प्लेटफर्मलाई समेटेर एउटै प्लेटफर्म तयार पार्ने दिशामा काम भइरहेको खुलासा गरेका छन् ।
सामतका अनुसार, नयाँ ओएस तयार भएपछि प्रयोगकर्ताले मोबाइल, ट्याब्लेट र क्रोमबुक प्रयोग गर्दा समान अनुभव पाउनेछन् । साथै क्रस-डिभाइस कनेक्टिभिटी अझ मजबुत हुनेछ ।
यद्यपि, गुगलले हालसम्म नयाँ ओएस सार्वजनिक हुने निश्चित समयरेखा भने खुलाएको छैन ।
नयाँ प्लेटफर्ममा एन्ड्रोइड र क्रोम ओएसका विशेषताहरू तथा एपहरू साझा हुनेछन् । यसले डिभाइसहरूबीच सहज समन्वय कायम गर्ने र प्रयोगकर्तालाई अझ सरल र एकीकृत अनुभव दिने कम्पनीको विश्वास छ ।
विशेषज्ञहरूका अनुसार यो मर्जरले गुगलको अपरेटिङ सिस्टम इकोसिस्टमलाई अझ प्रतिस्पर्धी बनाउनेछ र एप्पलको एकीकृत प्रयोगकर्ता अनुभवमा पनि चुनौती दिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण