२१ वर्षीय युवकको हत्या गरेको अभियोगमा एक जना पक्राउ
बिहीबार, ०१ साउन २०८२, १२ : ४०
सारांश
- इलाममा एक युवकको हत्या आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
- सुरुमा, किरणले धारिलो हतियार प्रयोग गरेर दुई दाजुभाइमाथि आक्रमण गरेका थिए, जसमा प्रकाशको घटनास्थलमै मृत्यु भयो।
- घाइते निरोजलाई थप उपचारका लागि झापा पठाइएको छ, र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
इलाम । इलाममा हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । जिल्लाको माईजोगमाई गाउँपालिका–२ तारसिंङ गाउँ बस्ने २१ वर्षीय प्रकाश चापागाईको हत्या गरेको अभियोगमा सूर्योदय नगरपालिका–१ सिरिसे बस्ने ३३ वर्षीय किरण शेर्पालाई
बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
सूर्योदय नगरपालिका–१ भालुखोपस्थित ससुराली घरमा आएका ३२ वर्षीय निरोज चापागाई र उनको भाइ प्रकाश चापागाईलाई किरणले धारिलो हतियार प्रहार गर्दा प्रकाशको घटनास्थलमै मृत्यु भएको थियो । सो घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय
पशुपतिनगर समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
साथै घाइते भएका निरोजलाई फिक्कल अस्पताल हुँदै थप उपचारको लागि झापातर्फ पठाइएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण