मन्त्री बलरामविरुद्ध ‘फेक वार’ चलिरहेका छ : पूर्व मुख्यमन्त्री राजेन्द्र रावल
सारांश
- एमाले नेता राजेन्द्र रावलले सरकारले भ्रष्टाचारीमाथि कारबाही सुरु गरेको बताए।
- उनले मन्त्री भए पनि भ्रष्टाचारमा संलग्न भए कारबाही हुनुपर्ने र सुदूरपश्चिमको स्रोत र साधनको उचित व्यवस्थापन हुनुपर्ने बताए।
- रावलले एमालेभित्र कुनै गुटबन्दी नरहेको र केपी शर्मा ओलीको विकल्प खोज्ने बेला नभएको बताए।
काठमाडौँ । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य एवं सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र रावलले सरकारले भ्रष्टाचारीहरूमाथि कारबाहीको अध्याय प्रारम्भ गरेको बताएका छन् । रिपोर्टर्स नेपालमा आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले गलत गर्ने मान्छे कारबाहीको भागिदार बन्नुपर्छ भन्ने पक्षमा सरकार रहेको बताएका हुन् ।
‘भ्रष्टाचार र भ्रष्टाचारीहरूमाथि कारबाहीको अध्याय प्रारम्भ भएको छ । को व्यक्ति हो, को व्यक्तिले त्यस्तो गर्यो भन्दा पनि कसले गर्यो, त्यो कारबाहीको भागिदार बन्नुपर्छ भन्ने कुरा हामीले आत्मसात् गरेका छौँ,’– उनले भने ।
साथै, उनले भ्रष्टाचार मुद्दामा जुन मन्त्री भए पनि कारबाहीको भागिदार बनाइनुपर्ने बताए । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको विरुद्धमा सोधिएको प्रश्नमा उनले अहिले ‘फेक वार’ चलिरहेको बताए । उनले तथ्यको आधारमा सत्यको खोजी गरिनुपर्ने बताए ।
‘चाहे बलराम होस्, चाहे धनराम होस् । गल्ती गर्छन् भने जानुपर्छ । मैले नै गल्ती गर्छु भने म जानुपर्छ । तर, कसैले भनेको भरमा भ्रष्टाचारी बनाउने प्रयत्न आज फेक वारका माध्यमबाट भइराखेको छ । त्यो मिस इन्फरमेसन हो कि भन्ने कुरा विश्लेषण गरेर जानुपर्छ । तथ्यको आधारमा सत्य पत्ता लगाएर कानुनी कारबाहीमा जानुपर्छ,’– उनले भने ।
साथै, उनले राज्यले दिने स्रोत र संसाधनबाट सुदूरपश्चिम पछाडि पारिएको बताए । नेता रावलले देशले ४५ प्रतिशत वन क्षेत्र जोगाएर राख्दा सुदूरपश्चिमले भने ५४ प्रतिशत वन क्षेत्र जोगाएर राखेको उनले सुनाए । सुदूरपश्चिमले आफ्नो संसाधनबापत प्राप्त गर्नुपर्ने राजश्व प्राप्त गर्न नसकेको बताए । सुदूरपश्चिममा ३४.१६ प्रतिशत गरिबी छ भनेर केन्द्र सरकारले सूचकाङ्क निकालेको उनले स्मरण गराए । गरिबी सुदूरपश्चिममा हुने र बजेट जति चाहिँ बागमती प्रदेशमा हुने भइरहेको उनको आरोप छ ।
साथै, पार्टीभित्र कुनै पनि प्रकारको द्वन्द्व र गुट नरहेको उनले बताए । नेता रावलले एमालेमा अहिले नेतृत्वको बारेमा बहस गर्ने बेला नभइसकेको बताए । अहिले एमालेको अध्यक्ष को बन्ने भन्ने कुरा प्रधान नरहेको उनको भनाइ छ । एमालेमा केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने समय नै आई नसकेको उनको दाबी छ ।
‘केपी शर्मा ओलीको विकल्प अहिले खोज्नुपर्ने समय नै आएको छैन । समृद्धिको आधार खोज्ने मान्छे हो केपी शर्मा ओली । उहाँ नेपालको मात्रै नभएर विश्वका नेता हुनुहुन्छ,’– उनले भने ।
पार्टी पङ्क्ति अहिले विधानमा बहसमा केन्द्रित हुन जरुरी रहेको बताउँदै उनले संगठन सुदृढीकरणको अभियानलाई कसरी लाने, आन्तरिक लोकतन्त्रको सुदृढीकरणको सवालहरू, नेतृत्वलाई आजको ढङ्गबाट कसरी प्रवर्द्धन गर्ने सवाल, संस्थागत नीति, अनुसन्धान, प्रशिक्षण र अनुशासनलाई कसरी कायम गराउने भन्ने कुरा आजको एमाले केन्द्रित हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण