कुलिङ पिरियडको गडबडी : समितिले महासचिव पाण्डेसँग लियो बयान
सारांश
- सङ्घीय निजामती सेवा विधेयकमा भएको त्रुटि छानबिन गर्न संसदीय समितिले महासचिव पाण्डेसँग बयान लिएको छ।
- महासचिव पाण्डेले गल्ती 'ह्युमन इरर' भएको र कसैले ध्यान नदिएको बताए।
- विधेयकमा दुई वर्षको 'कुलिङ पिरियड' प्रावधानलाई निष्क्रिय पार्ने भाषा समावेश गरिएको थियो।
काठमाडौँ । ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा भएको छेडखानीबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेसँग बयान लिएको छ । मंगलबार समितिले सिंहदरबारस्थित समितिको सभाकक्षमा महासचिव पाण्डेसँग बयान लिएको हो ।
कांग्रेस सहमहामन्त्री जीवन परियार सभापतित्वको समितिले आफूसँग सङ्घीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’मा भएको गल्तीबारे सोधपुछ गरेको महासचिव पाण्डेले जानकारी दिए । ‘कुलिङ अफ पिरियड’मा भएको गल्ती कसरी भयो भन्नेबारेमा म सँग समितिले सोधपुछ गरेको छ,’ महासचिव पाण्डेले रातोपाटीसँग भने, ‘मैले यो ‘ह्युमन इरर’ हो । सांसदहरूले पनि ध्यान पुर्याउनुपर्थ्यो । कर्मचारीहरूले पनि ध्यान पुर्याउनु पर्थ्यो । कसैको ध्यान पुगेन भने ।’
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारी कर्मचारीका लागि अवकाश पाएको वा राजीनामा दिएको २ वर्षसम्म संवैधानिक, कूटनीतिक र अन्य नियुक्ति लिन अयोग्य हुने विषयमा सहमति जुटाएको थियो । यसअनुसार निजामती सेवा विधेयकमा प्रावधान राखिए पनि पास हुँदा छेडखानी भएको थियो ।
तर, २ वर्षसम्म कुलिङ पिरियड लागू हुने प्रावधानलाई निष्क्रिय बनाउने भाषा समेत विधेयकको प्रतिवेदनमा सँगै परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण