निजामती सेवा विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइयो
सारांश
- संघीय निजामती सेवा विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ।
- प्रतिनिधिसभाबाट पारित विधेयकमा कुलिङ अफ पिरियडबारे छानबिन गर्न संसदीय समिति गठन गरिएको छ।
- राष्ट्रिय सभाले नागरिकता विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ।
काठमाडौँ । सङ्घीय निजामती सेवा विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।
मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सङ्घीय निजामती सेवा विधेयक २०८० लाई दफावार छलफलका लागि विधायक व्यवस्थापन समिति पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सभाले उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।
प्रतिनिधिसभा बैठकबाट सर्वसम्मत पारित भएको उक्त विधेयकमा रहेको कुलिङ अफ पिरियडबारे छेडखानी गरिएको पाइएपछि छानबिन गर्न संसदीय समिति गठन समेत गरिएको छ ।
कुलिङ अफ पिरियडलाई राष्ट्रियसभाबाट सच्याउने भनिए पनि एमालेका केही सांसदहरूले कुलिङ पिरियड नै हटाउनुपर्ने संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
त्यस्तै राष्ट्रियसभाले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समिति पठाएको छ । राष्ट्रियसभाको अर्को बैठक साउन ११ गते आइतबार बस्ने गरी स्थगित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण