रास्वपाको इटहरी नगर अधिवेशन विवाद : तत्कालका लागि रोक्न आदेश
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को इटहरी उपमहानगरपालिकाको नगर अधिवेशन स्थगित गरिएको छ।
- पार्टी सभापति विष्णुबहादुर बस्नेतलाई निलम्बन गर्ने निर्णय विरुद्ध उनले उच्च अदालतमा रिट दायर गरेका थिए।
- अदालतले दुवै पक्षलाई छलफलका लागि साउन १२ गते पेशी तोक्दै अधिवेशन सम्बन्धी कार्य नगर्न आदेश दिएको छ।
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को इटहरी उप–महानगरपालिकाको नगर अधिवेशनको काम तत्कालका लागि स्थगित गर्न उच्च अदालत विराटनगरले आदेश दिएको छ ।
रास्वपाको केन्द्रीय अनुशासन आयोगले गत असार ८ गते इटहरीका पार्टी सभापति विष्णुबहादुर बस्नेतलाई पदबाट निलम्बन गर्ने निर्णय गरेको थियो । सो निर्णयको विरुद्धमा बस्नेतले उच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।
सो रिटमाथि बुधबार सुनुवाइ गर्दै न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको एकल इजलासले बुधबार आगामी १० गते हुने भनिएको रास्वपाको इटहरी उपमहानगरपालिकाको नगर अधिवेशन सम्बन्धी कार्य नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको हो ।
यस्तै बस्नेतको निवेदनमा माग गरेको अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा दुवै पक्षको उपस्थितिमा छलफल गरी निष्कर्षमा पुग्नुपर्ने देखिएको भन्दै दुवै पक्षलाई छलफलको लागि साउन १२ गते पेशी तोक्न आदेश पनि दिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण