पाँच वर्षपछि भारतले चिनियाँ पर्यटकलाई भिजा दिन सुरु
सारांश
- भारतले पाँच वर्षपछि चिनियाँ नागरिकलाई पर्यटक भिसा दिन सुरु गर्ने निर्णय गरेको छ।
- यो निर्णय २०२० को गलवान घटनापछि बिग्रिएको भारत-चीन सम्बन्धमा सुधारको संकेत हो।
- चीनले भारतको निर्णयलाई स्वागत गर्दै पर्यटन र आवागमन दुवै देशका लागि लाभदायक हुने बताएको छ।
काठमाडौँ । भारतले पाँच वर्षपछि चिनियाँ नागरिकलाई पर्यटक भिजा दिन सुरु गर्ने निर्णय गरेको छ। बेजिङस्थित भारतीय दूतावासका अनुसार बिहीबार, २४ जुलाई (आज) देखि चिनियाँ पर्यटकहरूलाई भिजा दिने प्रक्रिया सुरु गरिनेछ।
यो निर्णय २०२० मा गलवान घटनापछि बिग्रिएको भारत–चीन सम्बन्धमा सकारात्मक सङ्केतका रूपमा हेरिएको छ।
चीनको विदेश मन्त्रालयले भारतको निर्णयलाई स्वागत गर्दै भनेको छ, “भारतको यो कदम सकारात्मक छ। पर्यटन र आपसी आवागमन दुवै देशका लागि लाभदायक हुनेछन्।” साथै चीनले भारतसँग सम्पर्कमा रहेर पर्यटन सुधारमा सहयोग गर्दै आएको पनि उल्लेख गरेको छ।
कोरोना महामारी र गलवान झडपपछि दुवै देशले एक–अर्कामाथि वाणिज्य र यात्रासम्बन्धी कयौँ प्रतिबन्ध लगाएका थिए। तर जुलाई २०२५ मा पाँच वर्षपछि कैलाश मानसरोवर यात्रा पुनः सुरु भएपछि सम्बन्धमा सुधारको सङ्केत देखिन थालेको हो।
त्यसअघि अक्टोबर २०२४ मा रुसको कजानमा आयोजित ब्रिक्स सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति सी जिनपिङबीच पाँच वर्षपछि औपचारिक भेटवार्ता भएको थियो। त्यसपछि द्विपक्षीय सम्बन्ध विस्तारतर्फ उन्मुख हुँदै गएको देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण