कम्बोडियासँगको द्वन्द्व युद्धमा परिणत हुनसक्छ : थाइल्यान्ड
शुक्रबार, ०९ साउन २०८२, १५ : ११
सारांश
- थाइल्यान्ड र कम्बोडियाको सीमामा द्वन्द्व जारी रहँदा १६ जनाको मृत्यु भएको छ।
- द्वन्द्वका कारण सीमा क्षेत्रका एक लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।
- थाइल्यान्डका प्रधानमन्त्रीका अनुसार यो द्वन्द्व युद्धमा परिणत हुन सक्ने सम्भावना छ।
बैंकक । यतिबेला थाइल्यान्ड र कम्बोडियाको सीमामा द्वन्द्व चलिरहेको छ । लगातार दोस्रो दिन शुक्रबार समेत द्वन्द्व जारी रहँदा १६ जनाको मृत्यु भएको थाइल्यान्डले बताएको छ । सीमावर्ती क्षेत्रमा बस्ने एक लाखभन्दा धेरै मानिसहरू विस्थापित भइसकेको खबर आइरहेको छ ।
आम नागरिक बस्ने क्षेत्रमा लामो दूरीको अस्त्रको प्रयोगलाई थाइल्यान्डले कम्बोडियाको बर्बरता भनेको छ । थाइल्यान्डले प्रतिबन्धित गोला बारुद प्रयोग गरिरहेको आरोप कम्बोडियाले लगाएको छ ।
कम्बोडियामा पनि उत्तरी सीमाका २० हजार मानिस विस्थापित भएका छन् । सीमा चलिरहेको यो द्वन्द्व युद्धमा परिणत हुन सक्ने थाइल्यान्डका कार्यकारी प्रधानमन्त्री फुमथाम वेचायाचाईले पत्रकारहरूलाई भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण