फुटबल
युरोपियन च्याम्पियनसिप: स्पेनलाई हराउँदै इङ्गल्यान्डले जित्यो उपाधि
सोमबार, १२ साउन २०८२, ०० : ३२
सारांश
- इङ्गल्यान्डले युरोपियन च्याम्पियनसिप २०२५ को उपाधि जित्यो।
- फाइनल खेल स्पेनसँग पेनाल्टी सुटआउटमा ३-१ गोलले टुंगियो।
- खेलमा स्पेनले सुरुवाती अग्रता लिए पनि इङ्ल्यान्डले जित निकाल्यो।
काठमाडाैँ । इङ्गल्यान्डले युरोपियन च्याम्पियनसिप २०२५ को उपाधि जितेको छ । आइतबार राति भएको खेलमा स्पेनलाई पेनाल्टी सुट आउटमा ३–१ गोल अन्तरले हराउँदै उपाधि उचालेको हो ।
फाइनल खेलको अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुट आउटमा धकेलिएको थियो । पेनाल्टीमा इङ्गल्यान्डले बाजी मार्न सफल भयो ।
यसअघि खेलमा स्पेनले सुरुवाती अग्रता लिएको थियो । खेलको २५औँ मिनेटमा मोरिओना काल्डेन्टीले गोल गर्दै स्पेनले अग्रता दिएका थिए ।
अलेसिया रुसोले खेलको ५७औँ मिनेटमा गोल गदौ खेल बराबरीमा ल्याइन । त्यसपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न नसक्दा खेल पेनाल्टीमा पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण