एथलेटिक्स संघको निर्वाचन रोक्न राखेपको पत्र
सारांश
- राष्ट्रिय खेलकुद परिषद्ले एथलेटिक्स संघको निर्वाचन रोक्न पत्र पठाएको छ।
- कर्णाली प्रदेशका अर्थमन्त्री राजीव शाहको नेतृत्वमा निर्वाचन हुन लागेको थियो।
- राखेपले विधान स्वीकृत नभएसम्म निर्वाचन गर्न नमिल्ने जनाएको छ।
काठमाडौँ । एथलेटिक्स संघको साधारण सभा तथा निर्वाचन रोक्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले संघलाई पत्र पठाएको छ ।
राखेपले बुधबार हुने भनिएको एथ्लेटिक्स संघको निर्वाचन रोख्न राखेपले संघलाई पत्र पठाएको हो ।
राखेपले गत साउन १ गते पत्र पठाउँदै निर्वाचन रोक्न भनेको छ । तर, एथलेटिक्स संघका पूर्व अध्यक्ष तथा कर्णाली प्रदेशका अर्थमन्त्री राजिव बिक्रम शाह निर्वाचन गराउन काठमाडौं आएका छन् ।
उनको नेतृत्वमा संघको निर्वाचन हुन लागेको हो । यता राखेपका संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्र कुमार राईले हालसम्म एथेलेटिक्स संघले विधान स्वीकृत नगरिएको जानकारी दिएका छन् ।
‘एथलेटिक्स संघले १४ गते निर्वाचन तथा साधारणसभा गर्छन् भन्ने जानकारी छ । हामीले रोक्नका लागि पत्र पठाएका छाैँ । जबसम्म विधान स्वीकृत हुँदैन, निर्वाचन गर्न मिल्दैन,’ उनले रातोपाटीसँगको कुराकानीमा भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण