प्राधिकरणका कार्यकारी निर्देशक शाक्य चितवनपछि मधेस प्रदेशमा
काठमाडौँ । चितवनको चनौली वितरण केन्द्रमा देखिएको समस्या छिटो समाधानको प्रयासका लागि चितवन पुगेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य मंगलबार मधेस प्रदेश पुगेका छन् ।
पछिल्लो समय चितवन मात्रै नभई मधेस प्रदेशका धेरै भू–भागमा पानी नपर्दा बिजुलीको माग बढेको छ । जसका कारण कतिपय ठाउँमा प्राधिकरणको प्रणालीले माग धान्न नसक्ने अवस्था समेत छ । यही विषयलाई मध्यनजर गर्दै कार्यकारी निर्देशक शाक्य प्राविधिक टोलीसहित मधेस प्रदेश पुगेको प्राधिकरणले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि मात्रै मधेस प्रदेशको निरीक्षण भ्रमण गरी खानेपानी र सिँचाइको सङ्कट झेलिरहेको मधेसमा तत्काल ५ सय डिप बोरिङ जडान गर्ने घोषणा गरेका थिए ।
डिप बोरिङ जडानका क्रममा विद्युत आपूर्तिमा के–कस्तो प्राविधिक समस्याहरू देखिन सक्छ भन्नेलगायतका विषयमा पनि अनुगमन गर्ने र बुझ्नका लागि शाक्यसहितको टोली मधेस प्रदेश पुगेको हो ।
प्राधिकरणले पनि लामो खडेरीका कारण सुख्खा सङ्कटकाल घोषणा भएको मधेस प्रदेशमा विद्युत प्रसारण तथा वितरणको अवस्था बुझ्न कार्यकारी निर्देशक शाक्य सहितको टोली मधेस प्रदेश पुगेको हो ।
मधेस प्रदेश पुगेका कार्यकारी निर्देशक शाक्यले मधेस प्रदेश अन्तर्गतका वितरण केन्द्र प्रमुखहरूसँग छलफल अन्तरक्रिया गरी सुख्खा खडेरी परि देखिएको सङ्कटमा आम सर्वसाधारणलाई राहत हुने गरी सिँचाइ विद्युतीकरणमा के कसरी कार्य गर्न सकिन्छ भनी सुझाव लिएका छन् ।
मधेस प्रदेशका विभिन्न जिल्लामा पाँच सय डिप ट्युबवेल जडान गर्ने घोषणा गरेको हुँदा उक्त डिप ट्युबवेल सञ्चालनका लागि चाहिने विद्युतीय पूर्वाधारको निर्माण के कसरी गर्न सकिन्छ भनी जानकारी समेत लिइएको शाक्यले बताए ।
‘सिँचाइ तथा खानेपानीको समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरण सारथी हुन्छ,’ उनले भने, ‘त्यसका लागि सरकारले आवश्यक बजेट व्यवस्थापन गरिदिनु पर्छ । हाम्रो कारणले यो सङ्कटमा समस्या आउनु हुँदैन भन्ने कुरामा सचेत रहेर नै म आफै फिल्डमा आएर वास्तविकताको बारेमा जानकारी लिएको हुँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण