'पूर्वराष्ट्रपति राजनीतिमा आउन नपाउने व्यवस्था संविधानमै राख्नुपर्छ’
सारांश
- कांग्रेस सहमहामन्त्री जीवन परियारले पूर्वराष्ट्रपति फेरि राजनीतिमा आउन नपाउने व्यवस्था संविधानमै हुनुपर्ने बताए।
- उनले संविधान संशोधन गरेर भए पनि पूर्वराष्ट्रपति फेरि सक्रिय राजनीतिमा आउन नपाउने व्यवस्था गर्नुपर्नेमा जोड दिए।
- परियारले नेपाली कांग्रेसको १५औँ महाधिवेशन २०८३ मङ्सिरभित्र गर्नुपर्ने बताए।
भादगाउँ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नपाउने व्यवस्था संविधानमै राख्नुपर्ने बताएका छन् ।
कांग्रेस सूर्यविनायक नगरसमितिले आज भक्तपुरमा आयोजना गरेको तेस्रो नगरपालिका सम्मेलनमा उनले संविधान संशोधन गरेर भए पनि पूर्वराष्ट्रपति पुनःसक्रिय राजनीतिमा आउन नपाउने व्यवस्था गर्नुपर्ने बताएका हुन् ।
सहमहामन्त्री परियारले संविधान निर्माण गर्दा राष्ट्रपति भइसकेको व्यक्ति पुनःराजनीतिमा सक्रिय हुन पाउने व्यवस्था गर्न चुकेकाले अब संविधान संशोधन गर्ने क्रममा यस व्यवस्थालाई समावेश गरिनुपर्नेमा जोड दिए ।
नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा फर्किन नसक्ने गरी गरेको निर्णय स्वागतयोग्य रहेको उनको भनाइ थियो । 'पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कने कुरा ठिक होइन । उहाँबारे एमालेले जे निर्णय गर्यो, त्यो सही निर्णय हो । कांग्रेसले पनि त्यस्तै निर्णय गर्नुपर्छ,' उनले भने ।
त्यस्तै उनले नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी २०८३ मङ्सिरभित्र गर्नु उपयुक्त हुने पनि बताए । 'कांग्रेसमा वर्तमान नेतृत्वको कार्यकाल २०८२ मङ्सिरमा सकिँदैछ, तर महाधिवेशनको तयारी सुरु भएको छैन । अब मङ्सिरमा महाधिवेशन सम्भव नभएकाले एक वर्ष म्याद थपेर अर्को वर्षको मङ्सिरमा महाधिवेशन गर्नुपर्छ,' परियारले जिकिर गरे ।
कांग्रेस भक्तपुरका सभापति एवम् प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले केन्द्रीय नेता र केन्द्रीय कार्यसमितिलाई दोष दिनुभन्दा अन्य तहका समितिले पनि आफ्नो दायित्वमा रहेका काम समयमै सम्पन्न गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण