मोर्चाको जनजागरण अभियानमा जनमत पार्टी अनुपस्थित
सारांश
- डा. सिके राउत नेतृत्वको जनमत पार्टी मधेस केन्द्रित ७ दलीय मोर्चाको जनजागरण अभियानमा अनुपस्थित रह्यो।
- रुपन्देही-३ को उपनिर्वाचनमा साझा उम्मेदवार उठाउने निर्णयमा मतभेद भएपछि जनमत पार्टी मोर्चाको बैठकमा गएन।
- मोर्चाले काठमाडौँ लगायतका विभिन्न स्थानमा जनजागरण अभियान सुरु गरेको छ, जसमा संघीय लोकतान्त्रिक मोर्चाबारे प्रस्ट पारिनेछ।
काठमाडौँ । मधेस केन्द्रित ७ दलीय मोर्चाको जनजागरण अभियानमा डा.सिके राउत नेतृत्वको जनमत पार्टी अनुपस्थित भएको छ । रुपन्देही–३ को उपनिर्वाचनलाई लिएर मोर्चामा मतभेद भएपछि जनमत पार्टी मोर्चाको कुनै पनि बैठकमा नगएको हो ।
असार १२ गते बसेको मोर्चाको बैठकले रुपन्देही–३ मा हुने उपनिर्वाचनमा साझा उम्मेदवार उठाउने निर्णय गरेको थियो । तर त्यो निर्णयको विपक्षमा गएर जनमत पार्टीले रुपन्देही–३ मा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ ।
त्यसयता सो पार्टी मोर्चाको कुनै पनि गतिविधिमा सहभागी भएको छैन । मोर्चाको जनजागरण अभियान काठमाडौँको कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरी सुरु गरिएको छ ।
मोर्चाले काठमाडौँ, भैरहवा, नेपालगन्ज, कैलाली, विराटनगर, राजविराज, जनकपुर र वीरगन्जमा जनजागरण अभियान गर्न लागेको हो । कार्यक्रममा मोर्चाका शीर्ष नेताहरूले सङ्घीय लोकतान्त्रिक मोर्चा गठनको आवश्यकता र औचित्यबारे प्रस्ट पार्ने बताइएको छ ।
गत चैतमा घोषणा भएको मोर्चामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टी नेपाल, डा.सिके राउत नेतृत्वको जनमत पार्टी, ह्रदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तमलोपा र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण