बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अध्यागमन विभाग

विदेशबाट आएर सम्पर्कविहीन हुनेलाई डिजिटल ट्रयाकिङ गर्ने अध्यागमनको तयारी

भिजिट भिसामा जाने महिलाको सङ्ख्या ४२ प्रतिशत
आइतबार, १८ साउन २०८२, १९ : १९
आइतबार, १८ साउन २०८२

सारांश

  • अध्यागमन विभागले सम्पर्क विहीन हुने विदेशीहरुलाई ट्रयाकिङ गर्ने प्रविधि विकास गर्ने भएको छ।
  • विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिजिटल पहिचान र सम्पर्क विहीन यात्रुलाई ट्रयाकिङ गर्ने बताए।
  • भिजिट भिसामा जाने नेपालीको संख्या बढेको र महिलाको संख्या झनै बढेको तथ्याङ्क छ।

काठमाडौँ । नेपालमा घुम्न आएर सम्पर्क विहीन हुने विदेशीहरूलाई अध्यागमन विभागले ट्रयाकिङ गर्ने प्रविधि विकाश गर्न लागेको छ । विदेशी पर्यटकलाई डिजिटल पहिचान गर्ने प्रविधि समेत विकाश गर्न लागिएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए ।

आइतबार विभागमा आयोजित पत्रकार सम्मेलनमा तिवारीले भने, ‘ डिजिटल पहिचान र सम्पर्क विहीन यात्रुलाई ट्रयाकिङ गर्ने प्रविधि विकास गर्न लागेका छौँ ।’

अध्यागमन राष्ट्रिय सुरक्षासँग जोडिएको विषय भएको उल्लेख गर्दै तिवारीले खरदारको गल्तीलाई मुलुक नै निर्लज्ज हुने गरी अतिरञ्जना गर्न नहुने बताए । उनले भने, ‘व्यक्ति राम्रो खोजेर सुशासन हुँदैन, प्रणाली राम्रो बनाउनुपर्छ ।’

उनले अध्यागमनको समस्यामा दीर्घकालीन समाधान खोज्न चाहेको बताएका छन् ।भिजिट भिसामा जाने नेपालीहरूको सङ्ख्या पछिल्लो ४ वर्षमा हरेक वर्ष बढेको तथ्याङ्क देखिएको छ  । सन् २०२१ मा ९० हजार मानिसक भिजिट भिसामा विदेश गएका थिए । अहिले २०२५ जुलाई सम्ममा १ लाख ३४ हजार भिजिट भिसामा विदेश गएका छन् । बिदेसिनेहरूको सङ्ख्या रोक्न नसकिने तिवारीले बताए । उनले भने, ‘भिजिट भिसामा जाने महिलाहरूको सङ्ख्या झनै बढेको छ ।’

सन् २०२१ मा १४ प्रतिशत महिला भिजिट भिसामा गएका थिए । सन् २०२४ मा सो सङ्ख्या बढेर ४२ प्रतिशत पुगेको छ । युएई, ओमान र कुवेतमा पछिल्लो ५ वर्षमा महिला यात्रुको सङ्ख्या पुरुषको भन्दा धेरै भएको अध्यागमन विभागको तथ्याङ्कबाट देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप