बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
माओवादी बैठक

प्रचण्डको जवाफपछि माओवादी बैठक सकिने

सोमबार, १९ साउन २०८२, ०९ : २९
सोमबार, १९ साउन २०८२

सारांश

  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक अध्यक्ष प्रचण्डको जवाफसहित आज समापन हुँदैछ।
  • बैठकमा नेताहरूले प्रचण्डको दस्ताबेजमाथि प्रश्न उठाएका थिए, जसमा अधिकांशले समर्थन जनाए।
  • उपमहासचिव जनार्दन शर्मालाई आत्मालोचना गर्न सुझाव दिइएको छ, तर शर्माले प्रचण्डको पनि आत्मालोचना हुनुपर्ने बताए।

काठमाडौँ । शुक्रबारदेखि जारी नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अध्यक्ष प्रचण्डले जवाफ दिएर आज सकिँदै छ । 

पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा बस्ने बैठकमा स्थायी कमिटी सदस्यहरुले उठाएका प्रश्नको अध्यक्ष प्रचण्डले जवाफ दिएर समापन गर्ने तयारी गरिएको हो । अध्यक्ष प्रचण्डले जवाफ दिनुअघि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरुङले आ-आफ्नो धारणा राख्नेछन् ।

बैठकमा प्रचण्डको दस्ताबेजमा उपमहासचिव जनार्दन शर्मा, सचिव राम कार्कीलगायत केही नेताले प्रश्न उठाए पनि अधिकांशले समर्थन जनाएका छन् । 

विशेष महाधिवेशनको प्रस्ताव गरेका उपमहासचिव शर्मालाई बैठकमा बोल्ने सदस्यहरूले आत्मालोचना गर्न सुझाव दिएका छन्। तर, शर्माले आफूलेमात्र होइन अध्यक्ष प्रचण्डले समेत आत्मालोचना गर्नुपर्ने धारणा राखेका छन् । आजको बैठक ११ बजेबाट सुरु हुने नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप