‘शुक्लाफाँट र कोशी टप्पुका जनतालाई रातारात उठाएर अव्यवस्थित बनाइयो’
सारांश
- एमाले सांसद अमृतलाल राजवंशीले शुक्लाफाँट र कोशी टप्पुका जनतालाई अव्यवस्थित बनाएको आरोप लगाए।
- उनले सरकारले निकुञ्जका नाममा जनतालाई भूमिहीन बनाएको र पानी बिजुलीबाट वञ्चित गरेको बताए।
- राजवंशीले पीडितलाई राम्रो स्थानमा स्थानान्तरण गर्न र भूमि आयोगलाई काम गर्न दिन माग गरे।
काठमाडौँ । नेकपा एमालेका सांसद अमृतलाल राजवंशीले शुक्लाफाँट राष्ट्रिय निकुञ्ज र कोशी टप्पु वन्यजन्तु आरक्षका जनतालाई रातारात उठाएर अव्यवस्थित बनाइएको आरोप लगाएका छन् । भूमिसम्बन्धी विधेयकमा सोमबार भएको छलफलमा भाग लिँदै उनले निकुञ्जका नाममा सरकारले नै जनतालाई भूमिहीन बनाएको बताएका हुन् ।
त्यहाँका जनताले भोगचलन गरिरहेको नम्बरी जग्गाबाट उठाएर अहिले अव्यवस्थित टहरोमा राखिएको उनको भनाई थियो । निकुञ्जले त्यहाँका जनतालाई पानी बिजुलीको सेवा समेत उपलब्ध नगराएको बताउँदै उनले घर टहरा चुहिने अवस्थामा पुग्दा समेत नहेरेको आरोप लगाए ।
सांसद राजवंशीले भने, ‘सरकारले नै जनतालाई नम्बरी जग्गाबाट उठायो । पीडितहरूको पक्षमा विधेयक बनाएर उनीहरूलाई राम्रो ठाउँमा स्थानान्तरण गरियोस् ।’
उनले हाल सरकारले बनाएको भूमि आयोगले काम गर्न नसक्ने पनि बताए । भूमि आयोगलाई काम गर्न नदिएर हातखुट्टा बाँधेर राख्ने काम भएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण