गिरिबन्धु टी–स्टेटले भन्यो, ‘कानुनअनुसार खरिद गरेर लिइएको जग्गा निजी सम्पत्ति हो, कसैले दिएको होइन’
सारांश
- कानुनअनुसार खरिद गरिएको जग्गालाई सरकारले दिएको भन्न नमिल्ने गिरिबन्धु टी–स्टेटका प्रतिनिधिहरूको भनाइ छ।
- गिरिबन्धु टी–स्टेटका प्रतिनिधिहरूले अदालतमा सट्टापट्टाको विषयलाई विवादित बनाउन खोजिएको बताए।
- भूमिसम्बन्धी ऐनअनुसार चिया बगानका लागि जग्गा खरिद गरिएको र सट्टापट्टाको प्रक्रिया पूरा गरिएको थियो।
काठमाडौँ । कानुनअनुसार खरिद गरेर लिइएको जग्गालाई सरकारले दिएको भन्न नमिल्ने गिरिबन्धु टी–स्टेटका प्रतिनिधिहरूले बताएका छन् ।
सोमबार सिंहदरबारमा भएको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा गिरिबन्धु टी–स्टेटका प्रतिनिधिहरूले कानुनअनुसार सट्टा पट्टा गरिएको विषयलाई अदालतमा लगेर विवादित बनाउन खोजिएको बताएका हुन् ।
भूमिसम्बन्धी ऐनको दफा १२ को उपदफा (ख) २ मा नेपाल सरकारद्वारा जारी सूचित आदेशमा उल्लेखित हदबन्दी बमोजिम संस्था उद्योग, प्रतिष्ठान, कम्पनी वा आयोजनाले खरिद गरेर लिएको जग्गा हदबन्दी छुट हुने भन्ने व्यवस्था छ । चिया खेती र चिया उत्पादन गर्न सोही दफाअनुसार खरिद गरेर गिरिबन्धु टी–स्टेटको जग्गा लिइएको टी–स्टेटका प्रतिनिधि कृष्णप्रसाद भण्डारी बताए ।
भण्डारीले भने, ‘भूमिसम्बन्धी ऐनको दफा १२ को दफामा उल्लेख भएअनुसार कम्पनीले एउटा व्यक्ति सरह १० बिघा मात्रै राख्ने जुन हदबन्दीको व्यवस्था थियो, १० बिघामा मात्रै चिया बगान, उद्योग सञ्चालन गर्न सम्भव नहुने हुँदा व्यवसायीहरूले चिया बगान र उत्पादनका लागि नेपाल सरकारको आदेशबाट उल्लेखित हदभन्दा भित्रको ५०० बिघासम्म भन्ने जुन सूचित आदेश छ । सोही आदेशअनुसार ३ सय ५३ बिघा जग्गा खरिद गरेर लिइएको निजी सम्पत्ति हो ।’
भूमिसम्बन्धी ऐनको दफा १२ को ग को २ मा नेपाल सरकारको सूचित आदेशद्वारा तोकिएको हदभित्रको जग्गामा स्थापित फार्म, कृषि, उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थान अन्यत्रै स्थानान्तरण वा सट्टापट्टा गर्न पर्ने उचित पर्याप्त कारण देखाइदिएको निवेदन मनासिब देखिएमा त्यस्तो कृषि फर्म, उद्योग, प्रतिष्ठान, संस्था, कम्पनीले भोगचलन गरिरहेको जग्गा यस ऐनको अधीनमा रही नेपाल सरकारले तोकेको सर्त बमोजिम अर्को ठाउँमा सट्टापट्टा वा स्थानान्तरणका लागि स्वीकृति दिनसक्ने व्यवस्था छ । भण्डारीका अनुसार सोही ऐनको व्यवस्थाअनुसार लामो समयदेखि चिया बगान, उद्योग रहेको ठाउँमा चिया बगान सम्भव छैन ।
अब राम्रो हुँदैन भन्ने लाग्यो भने यसका सबै प्रक्रिया पूरा गरेर उचित कारण राखेर कम्पनीले एक ठाउँबाट अर्को ठाउँमा सट्टापट्टा गर्न पाउने कानुन हो । यसैअनुसार गिरिबन्धुले सट्टापट्टाका लागि स्वीकृति लिएको हो । तथापि स्वीकृति लिने बित्तिकै सर्वोच्च अदालतमा विवादको विषय बन्यो ।
संवैधानिक इजलासले फैसला गर्दा सट्टाको संशोधित ऐनको व्यवस्था ठिक रहेको र मन्त्रीपरिषद्ले गरेका निर्णयहरूमा केही त्रुटि देखिएकाले सर्तहरू राखेर स्वीकृति दिन सक्ने गरी फैसला गरेको भण्डारीको दाबी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण