एप्पलले चुपचाप बनाइरहेछ च्याटजीपीटीको प्रतिस्पर्धी ?
सारांश
- एप्पलले च्याटजीपीटीको प्रतिस्पर्धी बनाउन नयाँ परियोजना सुरु गरेको छ।
- यस परियोजनाका लागि 'एकेआई' नामक नयाँ युनिट खडा गरिएको छ, जसले एआई च्याटबट बनाउनेछ।
- रोबी वाल्करको नेतृत्वमा यो टोलीले विश्वभरका जानकारी प्रयोगकर्तालाई सहज बनाउनेछ।
वासिङ्टन डीसी । आइफोन निर्माता कम्पनी एप्पलले एउटा विशेष परियोजनामा काम गरिरहेको छ । यस परियोजनाको उद्देश्य च्याटजीपीटीको प्रतिस्पर्धी बनाउनु भएको बुझिएको छ ।
यसका लागि कम्पनीले एउटा नयाँ युनिट नै खडा गरेको छ । सञ्चार माध्यममा छापिएका खबरका अनुसार यस युनिटको नाम एन्सर्स, नलेज र सूचना हो । छोटकरीमा यसलाई एकेआई नाम दिइएको छ । यो जानकारी ब्लूमबर्गका मार्क गुरम्यानको रिपोर्टबाट प्राप्त भएको हो ।
एकेआईको काम एआई AI Focused AI chatbot तयार पार्नु हो । यसको सहायताले प्रयोगकर्ताले विश्वभरका जानकारी निकै सहजतापूर्वक प्रयोग गर्न सक्नेछन् । यो टोलीको अगुवाइ रोबी वाल्करले गर्नेछन् । उनी यस अघि सिरिको एक्जिक्यूटिभ रहिसकेका छन् ।
सिरि एआई असिष्टेन्ट प्लेटफर्म हो । एप्पलका एआई चिफ जोन जियानान्ड्रे हुन् । रोबी वाकरले जियानान्ड्रेलाई रिपोर्ट गर्नेछन् । एप्पलले पहिले नै सिरिमा च्याटजीपीटीलाई समावेश गर्न ओपनएआईसँग साझेदारी गरिसकेको छ ।
अब भने आफ्नो एआई रणनीतिलाई विस्तार गर्दै कम्पनीले आफ्नै एआई प्लेटमर्फ बनाउन खोजिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण