चीनसँग आवश्यक समन्वय गरेर ३०–३५ वटा कन्टेनर नेपाल आउने वातावरण बनाऔँ : बर्तौला
मङ्गलबार, २० साउन २०८२, १४ : २३
सारांश
- एमाले प्रमुख सचेतक महेश बर्तौलाले केरुङ नाका अवरुद्ध हुँदा कन्टेनर रोकिएको बताए।
- रसुवागढी-केरुङ नाका बन्द हुँदा तातोपानी नाकामा चाप बढेको उनको भनाइ छ।
- उनले चीनबाट सामान ल्याउन समन्वय गरी ३०-३५ कन्टेनरको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गत असारमा गएको बाढी,पहिरोले केरुङ नाका अवरुद्ध हुँदा नेपाल आउने सबै कन्टेनर रोकिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक बर्तौलाले रसुवागडी केरुङ नाका अवरुद्ध भएका कारण तातोपानी नाकामा चाप परेको बताए। तातोपानी नाकाबाट प्रत्येक दिन आठ/दश वटा कन्टेनर नेपालतर्फ आउने जाने अवस्था रहेको उनको भनाई थियो ।
प्रमुख सचेतक बर्तौलाले भने, ‘चाडपर्व आइरहेको सन्दर्भमा चाइनाबाट नेपालतर्फ ल्याउनुपर्ने समानहरू पनि थोरै मात्रमा भित्रिरहेको अवस्था छ । नेपाल सरकारले चीनसँग आवश्यक रूपमा समन्वय गरेर ३०–३५ कन्टेनर बनाउँदा सहज हुन्छ । त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउँछु ।’
उgले केरुङ रसुवागढी नाका छिटो खुलाउनुपर्नेमा समेत जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण