दुई दिनमा करिब ८ किलो हेरोइनसहित दुई जना विदेशी नागरिक पक्राउ
सारांश
- लागुऔषध नियन्त्रण ब्यूरोले त्रिभुवन विमानस्थलबाट ७ किलो ८०० ग्राम सेतो हेरोइनसहित दुई विदेशी नागरिकलाई पक्राउ गर्यो।
- पक्राउ पर्नेमा लाओसबाट आएका फिरोज अहमद र मौलेश्वर नन्जुन्दामूर्ति कुरानल भेल रहेका छन्।
- पक्राउ परेका दुवै जनालाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार कारबाही अगाडि बढाइएको छ।
काठमाडौँ । लागुऔषध नियन्त्रण ब्यूरोले ठुलो परिमाणको सेतो हेरोइनसहित दुई जना विदेशी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। उनीहरूबाट ७ किलो ८०० ग्राम सेतो हेरोइन बरामद भएको छ ।
गत साउन १७ गते ब्यूरोको टोलीले हवाईमार्ग हुँदै नेपाल प्रवेश गर्ने यात्रुहरूको निगरानी गर्ने क्रममा लाओसबाट बैंकक हुँदै काठमाडौँ आएका भारतको उत्तर प्रदेश, जौनपुर ठेगाना भएका ३५ वर्षीय फिरोज अहमद लाई पक्राउ गरेको थियो। उनको साथबाट ४ किलो सेतो हेरोइन बरामद भएको थियो।

त्यसको भोलिपल्ट साउन १८ गते, सोही टोलीले लाओसबाट बैंकक हुँदै काठमाडौँ आएका भारतको इरोद, तालिमनाडु ठेगाना भएका ३२ वर्षीय मौलेश्वर नन्जुन्दामूर्ति कुरानल भेललाई पक्राउ गर्यो। उनको साथबाट ३ किलो ८०० ग्राम सेतो हेरोइन बरामद भएको थियो।
पक्राउ परेका दुवै जना विदेशी नागरिकलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार कारबाही अगाडि बढाइएको छ। उनीहरूलाई थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण