महानगरले कंक्रिट निकालेर फेरि हालेपछि विवाद बढ्यो
मङ्गलबार, २० साउन २०८२, १७ : २६
सारांश
- काठमाडौं महानगरपालिकाले जमिनमुनि पानी रिचार्ज गर्ने भन्दै कन्क्रिट हटाउने काम सुरु गरेको थियो।
- सम्पदा क्षेत्रमा पुरानो पिच नहटाई सिमेन्ट थपेर कन्क्रिट हाल्न थालेपछि विवाद चुलिएको छ।
- उपमेयर सुनिता डंगोल स्थलगत निरीक्षणमा पुगेर स्थानीयको गुनासो सुनिनु।
काठमाडौँ । काठमाडौं महानगरपालिकाले जमिनमुनि पानी रिचार्ज हुने वातावरण निर्माण गर्ने भन्दै फूटपाथ र ढुङ्गा छाप्ने सडकको कन्क्रिट हटाउने काम सुरु गरेको थियो । तर अहिले सोही क्षेत्रमा सिमेन्ट हालेर कन्क्रिट बनाउने प्रयास भएपछि विवाद चुलिएको छ।
महानगरद्वारा सम्पदा क्षेत्रअन्तर्गत पर्ने सडकमा पुरानो ढुङ्गा र कन्क्रिट हटाएर ‘वाटर रिचार्जेबल’ संरचना बनाउने भनिएको थियो। तर, आज बसन्तपुरसहितका क्षेत्रमा पुरानो कालोपत्रे (पिच) नहटाईकन सीधै सिमेन्ट थपेर कन्क्रिट हाल्न लागिएको दृश्य सार्वजनिक भएपछि आलोचना चुलिएको हो।
स्थानीयबासी र सरोकारवालाहरूको गुनासोपछि काठमाडौं महानगरकी उप–मेयर सुनिता डंगोल आफैँ स्थलगत निरीक्षणमा पुगेकी थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण