चिहानबाट शव निकालेर जिउँदो बनाउन तन्त्रमन्त्र, बालिकाको आमासहित चार पक्राउ
सारांश
- उत्तर प्रदेशको कुशीनगरमा १० वर्षीया बालिकाको शवलाई पुनर्जीवित गर्ने प्रयासमा चिहानबाट निकालियो।
- प्रहरीले बालिकाकी आमासहित चार जनालाई पक्राउ गरेको छ, जो घटनामा संलग्न थिए।
- तन्त्रमन्त्रको शंका गर्दै, शव चिहानबाट १०० मिटर टाढा झाडीमा फेला परेको थियो।
कुशीनगर । भारतको उत्तर प्रदेशस्थित कुशीनगरमा एक दर्दनाक र अन्धविश्वासले भरिएको घटना सार्वजनिक भएको छ । १० वर्षीया बालिकाको शवलाई पुनर्जीवित गर्ने उद्देश्यले चिहानबाट निकालिएको छ । यस घटनामा संलग्न भएको आरोपमा प्रहरीले बालिकाकी आमासहित चार जनालाई पक्राउ गरेको छ ।
यो घटना कुशीनगरको पटहेरवा क्षेत्रको पटहेरिया सहदौली गाउँको हो । समाचारमा जनाइएअनुसार एक बालिकाको मृत्युपछि उनलाई जुलाई १८ मा गाडिएको थियो । तर जुलाई २१ मा उनको शव चिहानबाट रहस्यमय ढंगले गायब भयो । चिहान खाली देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
कपडाले खोल्यो तन्त्रमन्त्रको रहस्य
प्रहरीले अनुसन्धान गर्दा चिहानबाट करिब १०० मिटर टाढा एक सुनसान टावर नजिकको झाडीमा बालिकाको शव फेला पारेको थियो । शवको नजिकै एउटा साडी र बुर्का पनि भेटिएको थियो, जसले घटनामा तन्त्रमन्त्र भएको खुलेको हो । अनुसन्धानबाट खुलेअनुसार बालिकालाई जिउँदो बनाउने उद्देश्यले उनको शव चिहानबाट निकालिएको थियो ।
चार आरोपी पक्राउ
प्रहरीले यस घटनामा संलग्न बालिकाकी आमा जुबैदा खातुन, उनकी बहिनी (बालिकाकी सानीआमा) सुबैदा, सुगनु खान र तबारकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार आरोपीहरूले शवलाई चिहानबाट निकालेर तन्त्रक्रिया गर्ने प्रयास गरेका थिए । तर पक्राउ पर्ने डरले उनीहरूले शवलाई झाडीमा फालेर भागेका थिए ।
स्थानीयहरूका अनुसार बालिकालाई जिउँदो बनाउने अन्धविश्वासमा परेर उनकी आमाले नै यो कार्य गरेकी हुन् । यस विषयमा त्यहाँका सर्कल अफिसर राकेश प्रताप सिंहले बालिकाको शव चिहानबाट हराएको सूचनाका आधारमा अनुसन्धान गर्दा सम्पूर्ण घटनाको पर्दाफास भएको बताएका छन् ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण