रविका वकिल भन्छन्– उच्च अदालतमा पुनरावेदन गर्छौं
सारांश
- बुटवलमा सहकारी ठगी प्रकरणमा रवि लामिछानेले धरौटी रकम बुझाएर रिहा हुन खोजेका थिए, तर प्रयास विफल भयो।
- रुपन्देही जिल्ला अदालतले लामिछानेको निवेदनमा 'माग बमोजिम नहुने' आदेश दियो, जसले उनलाई थुनामुक्त गर्न अस्वीकार गर्यो।
- अदालतको निर्णय चित्त नबुझेपछि लामिछाने पक्ष उच्च अदालतमा पुनरावेदन गर्ने तयारीमा छ।
बुटवल । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेले बिगो बराबरको धरौटी रकम बुझाएर रिहा हुन गरेको प्रयास विफल भएको छ ।
रुपन्देही जिल्ला अदालतले सोमबार रवि लामिछानेको निवेदनमाथि सुनुवाइ गर्दै ‘माग बमोजिम नहुने’ आदेश गरेको हो । जिल्ला न्यायाधीश नारायण प्रसाद सापकोटाको इजलासले रविलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले सुप्रिम सहकारी ठगी अभियोगमा आफूमाथि कायम गरिएको बिगो बमोजिम धरौटी रकम बुझाएर रिहा हुन मागसहित निवेदन दिएका थिए ।
जिल्ला अदालतले उक्त निवेदनमा ‘माग बमोजिम नहुने’ आदेश गरेसँगै रवि पक्षका कानुन व्यवसायी भने उच्च अदालतमा पुनरावेदन गर्ने तयारीमा छन् ।
रवि लामिछानेकै पक्षबाट अदालतमा बहस गरेका अधिवक्ता महेन्द्र पाण्डेले जिल्ला अदालतको निर्णयमाथि पुनरावेदनका लागि उच्च अदालतमा जाने बताए । रातोपाटीसँग कुरा गर्दै पाण्डेले भने, ‘भर्खरै जिल्ला अदालतको आदेश आएको छ । जिल्ला अदालतको आदेश चित्त नबुझे स्वाभाविक रूपमा पुनरावेदन हुन्छ नै । हामी छलफलमा छौँ । सम्भवतः एक हप्तापछि उच्च अदालतमा पुनरावेदन लिएर जान्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण