मुम्बई प्रहरीले बढायो कपिल शर्माको सुरक्षा
सारांश
- कमेडीयन कपिल शर्माको क्याफेमा क्यानडामा दुई पटक गोली प्रहार भयो।
- ग्याङ्स्टर लरेन्स बिश्नोई गिरोहले कपिल शर्मालाई धम्की दिएको छ, जसले मुम्बई प्रहरीले उनको सुरक्षा बढाएको छ।
- गोलीबारीको जिम्मेवारी खालिस्तानी आतंककारी र ग्याङ्स्टर गोल्डी ढिल्लनले लिएका छन्, जसले सामाजिक सञ्जालमा धम्की दिए।
नयाँ दिल्ली । भारतीय कमेडियन कपिल शर्माका लागि पछिल्ला केही दिनहरू कठिन रहे । क्यानडामा रहेको उनको क्याफेमा दुई पटक गोली चल्यो ।
यसबाहेक, ग्याङ्स्टर लरेन्स बिश्नोई गिरोहबाट कपिललाई खुलेआम धम्की पनि आयो । यी सबै घटनाहरूलाई विचार गरेर मुम्बई प्रहरीले कपिलको सुरक्षा बढाउने निर्णय गरेको छ । क्यानडामा रहेको कपिलको क्याफेमा दोस्रो पटक गोली चलेपछि यो निर्णय आएको हो ।
पहिलो पटक भएको गोलीबारीको जिम्मेवारी खालिस्तानी आतंककारी हरजीत सिंह लाडीले लिएका थिए । दोस्रो गोलीबारीको घटनाको जिम्मेवारी ग्याङ्स्टर लरेन्स बिश्नोई गिरोहले लियो । अगस्ट ७ मा भएको आक्रमणको ग्याङ्स्टर गोल्डी ढिल्लनले खुलेआम जिम्मेवारी लिएका थिए । सामाजिक सञ्जालमा पोस्ट सेयर गरेर उनले कपिललाई धम्की पनि दिएका थिए ।
‘जय श्री राम, सत श्री अकाल, सबै दाजुभाइलाई राम–राम । आज कपिल शर्माको क्याप्स क्याफेमा भएको गोलीबारीको जिम्मेवारी गोल्डी ढिल्लनले लिएका छन्, उनी ग्याङ्स्टर लरेन्स बिश्नोई गिरोहसँग सम्बन्धित छन् । हामीले उनलाई फोन गरेका थियौँ । तर कुनै जवाफ पाएनौं । त्यसैले हामीले उनीविरुद्ध एक्शन लिएका छौं । उनले फेरि पनि प्रतिक्रिया दिएनन् भने, हामी मुम्बईमा उनको विरुद्ध कारबाही गर्नेछौं,’ पोष्टमा लेखिएको थियो ।
यी सारा धम्की र आक्रमणहरूले उनको सुरक्षाबारे गम्भीर चिन्ताहरू उठाएका छन् । जसका कारण मुम्बईका स्थानीय अधिकारीहरूले द्रुत कारबाही गरेका छन् । कपिलको क्याफेमा दोस्रो आक्रमण हुनुभन्दा केही दिन अघि, सरे प्रहरीका अधिकारीहरू र मेयर खाजा खान कपिलको क्याफेमा पुगेका थिए । यसको भिडियो कपिलले सामाजिक सञ्जालमा शेयर गरेका थिए ।
कपिलको क्याफेमा भएको गोलीबारीपछि लरेन्स विश्नोई ग्याङका ग्याङस्टर ह्यारी बक्सरले अडियो नोट जारी गरेका थिए । यसमा सम्पूर्ण फिल्म उद्योगलाई धम्की दिँदै ज–जसले सलमान खानसँग काम गर्छ, उ आफ्नो हातबाट मर्ने बक्सरले भनेका थिए । सलमानसँग सानो भन्दा सानो काम गर्ने हरेक कलाकार वा फिल्म निर्मातालाई उनले नछोड्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण