विशेष अदालतबाट सजाय निर्धारण
भरत तालमा भ्रष्टाचार : मेयर भरत थापालाई ८ वर्ष कैद र १० करोड जरिवाना
बिहीबार, २९ साउन २०८२, १८ : २५
काठमाडौँ । सर्लाही जिल्लाको बागमती नगरपालिका मेयर भरत कुमार थापालाई ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिवाना निर्धारण भएको छ ।
नगरपालिकास्थित भरत ताल निर्माणमा भ्रष्टाचार भएको ठहरसहित विशेष अदालत काठमाडौँले साउन २१ गते मेयर थापा, प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल र अर्का कर्मचारी सागर पौडेल तीनै जनाले भ्रष्टाचार गरेको भन्दै दोषी ठहर गरको थियो ।
उक्त ताल निर्माणका क्रममा नदीजन्य पदार्थ उत्खनन गरी हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर भएको थियो । बिहीबार विशेषले तीनै जनालाई सजाय निर्धारण गरेको हो । जसअनुसार उनीहरूलाई ८ वर्ष कैद तोकिएको छ । साथै पीडित राहत कोषमा ४० लाख ३९ हजार १३१ क्षतिपूर्ति भराउन भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण