डा.केसीको दोस्रो पुस्तक ‘स्वस्पर्श’ लोकार्पण
शनिबार, ३१ साउन २०८२, २० : १६
सारांश
- डा. नवराज केसीको दोस्रो कृति 'स्वस्पर्श' सार्वजनिक भयो, जसमा जीवनलाई प्रेरित गर्ने कथाहरू छन्।
- पुस्तकको लोकार्पण डा. केसीकी आमा र छोराले गरे, जसले कार्यक्रमलाई विशेष बनायो।
- डा. केसीले चिकित्सा सेवापछि अब कलममार्फत समाजमा सकारात्मक ऊर्जा छर्ने प्रयास गर्नेछन्।
सुर्खेत । कर्णालीमा बालरोग विशेषज्ञ तथा सामाजिक अभियन्ताका रूपमा परिचित डा.नवराज केसीले आफ्नो दोस्रो कृति ‘स्वस्पर्श’ पाठकमाझ ल्याएका छन् । शनिबार वीरेन्द्रनगरमा आयोजित एक विशेष कार्यक्रममा उनको यो नयाँ पुस्तक सार्वजनिक गरिएको हो ।
आफ्नो पहिलो पुस्तक ‘शून्यको मूल्य’ बाट पाठकको मन जित्न सफल डा. केसीले दोस्रो पुस्तकमा जीवनलाई प्रेरित गर्ने कथाहरू समेटेका छन् ।
पुस्तकको लोकार्पण स्वयं लेखक केसीकी पूजनीय आमा र उनका छोराले संयुक्त रूपमा गरे । तीन पुस्ताको उपस्थितिमा भएको यो विमोचनले कार्यक्रमलाई थप अविस्मरणीय बनाएको थियो ।
चिकित्सा सेवामार्फत कर्णालीवासीको मनमा बसेका डा.केसीले अब आफ्नो कलममार्फत पनि समाजमा सकारात्मक ऊर्जा छर्ने प्रयासलाई निरन्तरता दिएका छन् ।
‘स्वस्पर्श’ले पाठकहरूलाई आत्म–अनुभूति र प्रेरणाको स्पर्श गराउने विश्वास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण