फुटबल
बार्सिलोनाको विजयी सुरुवात, मल्लोर्कामाथि ३-० को जीत
आइतबार, ०१ भदौ २०८२, ०१ : ३९
सारांश
- बार्सिलोनाले मल्लोर्कालाई ३-० गोलले पराजित गर्दै ला लिगाको उपाधि रक्षाको विजयी सुरुवात गर्यो।
- बार्सिलोनाका लागि राफिन्हा र फेरान टोरेसले गोल गरे भने मल्लोर्काका दुई खेलाडीले रातो कार्ड पाए।
- अतिरिक्त समयमा यामालले गोल थप्दै बार्सिलोनाको जित सुनिश्चित गरे।
काठमाडौँ । बार्सिलोनाले ला लिगा उपाधि रक्षामा विजयी सुरुवात गरेको छ। आइतबार भएको खेलमा बार्सिलोनाले घरेलु टिम मल्लोर्कालाई ३–० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
बार्सिलोनाको लागि खेलको ७ औँ मिनेटमा राफिन्हाले पहिलो गोल गरे भने २३औँ मिनेटमा फेरान टोरेसले अग्रता दोब्बर बनाए। ३३औँ मिनेटमा मोर्लानेस दोस्रो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि मल्लोर्का १० खेलाडीमा झर्यो। त्यसको ६ मिनेटमै मुरीकीले रातो कार्ड पाएपछि टोली ९ खेलाडीमै सीमित भयो।
करिब ६० मिनेट नौ खेलाडीमा सीमित मल्लोर्काले दबाब झेले पनि अतिरिक्त समयको अन्तिम मिनेटमा लामिन यामालले तेस्रो गोल गर्दै बार्सिलोनाको सहज जित सुनिश्चित गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण