नागार्जुनबाट जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ
आइतबार, ०१ भदौ २०८२, १३ : ४५
सारांश
- काठमाडौंको रानीवनस्थित पार्टी प्यालेसमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा गोरखाका देव खनालसहित अन्य व्यक्तिहरू रहेका छन्।
- प्रहरीले उनीहरूलाई नगद ३५ हजार ४ सय ८० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको छ।
काठमाडौँ । काठमाडौँमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् । नागार्जुन नगरपालिका–१ रानिवनस्थित पार्टी प्यालेसमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने गोरखा गण्डकी गाउँपालिका–५ घर भएका ४८ वर्षीय देव खनाल लगायत ८
जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३५ हजार ४ सय ८० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण