ट्राफिक प्रहरीको ‘लापसे’ परीक्षण : २० चालक पक्राउ
सारांश
- काभ्रेपलाञ्चोक ट्राफिक प्रहरीले लापसे परीक्षण अभियान चलाएको छ, जसमा २० जना चालक पक्राउ परेका छन्।
- साउन महिनामा गरिएको परीक्षणमा २० प्रतिशत चालक लापसेमा संलग्न पाइएका छन् र कारबाही गरिएको छ।
- काठमाडौँ-धुलिखेल रूटका चालकहरू यस परीक्षणमा बढी मात्रामा फेला परेका छन्।
काभ्रेपलाञ्चोक । ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सवारी चालकको लागू पदार्थ सेवन (लापसे) परीक्षण अभियान सञ्चालन गरेको छ । परीक्षण अभियानका क्रममा लापसे गरी सवारीसाधन चलाउने चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिरहेको कार्यालयले जनाएको छ ।
अरनिको राजमार्गअन्तर्गत उपत्यका प्रवेश नाका काभ्रेपलाञ्चोकको साँगालगायत जिल्लाका विभिन्न स्थानमा गरेको परीक्षणमा लापसे गरेर सवारीसाधन चलाउने २० सवारी चालक पक्राउ परेका छन् । एक सय एक चालकको परीक्षण गरिएकामा उक्त सङ्ख्याका चालक पक्राउमा परेको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख सुनिल धाँजूका अनुसार हालसम्म साउन महिनामा तीन स्थानमा गरिएको परीक्षणमा २० प्रतिशत चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको हो । परीक्षणमा पक्राउ पर्नेमध्ये अधिकांश काठमाडौँ–धुलिखेल रुटमा सञ्चालित महानगर, मयूर तथा काभ्रेपलाञ्चोक–पुण्यमाता यातायात समितिका चालक रहेको कार्यालयले जनाएको छ । सचेतनामूलक रूपमा गरिएको लापसे परीक्षणलाई निरन्तरता दिइने धाँजूले बताए ।
सडक अनुशासन, सवारी दुर्घटना न्यूनीकरण तथा रोकथाम गर्ने अभियानस्वरूप चालकको लागू पदार्थ सेवन (लापसे) चेक गरिएको जनाइएको छ । नेपाल प्रहरी प्रदेश कार्यालय पनौती, इलाका प्रहरी कार्यालय बनेपा र जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा लापसे चेक गरिएको हो । सो परीक्षणका लागि शिर मेमोरियल अस्पताल बनेपा, बनेपा नगरपालिका स्वास्थ्य शाखाको समन्वय र सहकार्य गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण