बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

नर्वेकी राजकुमारीको छोरामाथि बलात्कार र दुर्व्यवहारको मुद्दा

बुधबार, ०४ भदौ २०८२, ०८ : ४२
बुधबार, ०४ भदौ २०८२

सारांश

  • नर्वेकी राजकुमारी मेटे-मारिटका छोरा मारियस बर्ग होइबीविरुद्ध बलात्कारसहित ३२ वटा आपराधिक मुद्दा दायर गरिएको छ।
  • होइबीमाथि पूर्वसाथीलाई दुर्व्यवहार र प्रतिबन्ध आदेश उल्लङ्घनको आरोप पनि लागेको छ, र उनले गम्भीर आरोप अस्वीकार गरेका छन्।
  • अभियोगपत्र अनुसार, उनले महिलाहरूको गोप्य भिडियो खिचेको आरोप पनि सामना गरिरहेका छन्, र सुनुवाइ २०२६ जनवरीमा सुरु हुनेछ।

ओस्लो । नर्वेकी राजकुमारी मेटे–मारिटको जेठो छोरा २८ वर्षीय मारियस बर्ग होइबीविरुद्ध ३२ वटा आपराधिक मुद्दा दायर गरिएको छ, जसमा ४ वटा बलात्कारसम्बन्धी मुद्दासमेत रहेका छन्।

प्रहरीका अनुसार होइबीमाथि पूर्वसाथीलाई दुर्व्यवहार गरेको र अर्की पूर्वसाथीमाथि लगाइएका प्रतिबन्ध आदेश उल्लङ्घन गरेको आरोप पनि छ।

मारियस बर्ग होइबी राजकुमारी मेटे–मारिटको पहिलो सम्बन्धबाट जन्मिएका हुन्। पछि उनी क्राउन प्रिन्स हाकोनसँग विवाह गरेकी थिइन्।

होइबीले भने सबैभन्दा गम्भीर आरोप अस्वीकार गरेका छन्। तर केही साना मुद्दामा दोषी मान्न तयारी रहेको उनको वकिल पेतार सेकुलिकले रोयटर्सलाई बताएका छन्। यदि गम्भीर आरोपमा दोषी ठहर भए, उनलाई १० वर्षसम्म कैद सजाय हुन सक्छ।

अभियोजन पक्षका अनुसार उनले केही महिलाको जानकारी वा सहमति बिना गोप्य रूपमा उनीहरूको यौनाङ्गको भिडियो खिचेको आरोप पनि सामना गर्नुपर्नेछ।

राजकुमार हाकोनले यसबारे प्रतिक्रिया दिँदै यो मुद्दाको अन्तिम निर्णय अदालतले गर्ने बताएका छन्। उनले घटनालाई संलग्न सबैका लागि ‘चुनौतीपूर्ण र कठिन’ भएको पनि बताएका छन्।

अभियोगपत्रअनुसार ४ वटा बलात्कार २०१८ देखि २०२४ बिचमा भएका हुन्। तीमध्ये एउटा घटना त उनको पक्राउपछि भएको बताइन्छ।

मारियस बर्ग होइबीलाई गत वर्ष तीन पटक – अगस्ट, सेप्टेम्बर र नोभेम्बरमा पक्राउ गरिएको थियो। उनी सन् २०२४ अगस्टमा आक्रमणको आरोपमा पक्राउ परेपछि अनुसन्धान सुरु भएको हो। जुन महिनामा प्रहरीले उनलाई ३ वटा बलात्कार र अन्य २३ अपराधमा संलग्न रहेको आशङ्का गरेको थियो।

अभियोजन पक्षले यो मुद्दाको सुनुवाइ सन् २०२६ जनवरीमा सुरु भएर करिब ६ हप्ता चल्ने अनुमान गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप