दिपल एस०७ आईसीएमा ‘एमएडब्लु–ग्यारेन्टिड बाईब्याक’ योजना
सारांश
- नाडा अटो सो २०२५ मा एमएडब्लु वृद्धिले दिपल एस०७ आईसीएका लागि 'एमएडब्लु-ग्यारेन्टिड बाईब्याक' योजना घोषणा गर्यो।
- यस योजना अन्तर्गत, ग्राहकले दिपल एस०७ किनेको दोस्रो वर्षदेखि पाँचौँ वर्षसम्ममा एमएडब्लुबाट ग्यारेन्टिड बाईब्याक भ्यालु पाउनेछन्।
- यस योजनामा पाँच वर्षसम्म निःशुल्क अटोप्लस इन्स्योरेन्स, मेन्टेनेन्स, चार्जिङ र रोडट्याक्स लगायतका सुविधा उपलब्ध छन्।
काठमाडौँ । नाडा अटो सो २०२५ को अवसरमा एमएडब्लु वृद्धिले दिपल एस०७ आईसीएका लागि ‘एमएडब्लु–ग्यारेन्टिड बाईब्याक’ योजना घोषणा गरेको छ । योसँगै ग्राहकले ‘जिरो ओनरसिप कस्ट फर फाइभ इयर’ योजना पनि पाउनेछन् ।
यस योजना अन्तर्गत दिपल एस०७ खरिद गर्ने ग्राहकले आफ्नो ईभी बेच्न चाहेमा किनेको दोस्रो वर्षदेखि पाँचौँ वर्षसम्ममा एमएडब्लुबाट ‘ग्यारेन्टिड बाइब्याक भ्यालु’ पाउनेछन् । यसबाट दिपल एस०७ खरिद गर्ने ग्राहकको ‘कन्फिडेन्स’ बढ्नुका साथै ‘ब्याट्री लाइफ’ र ‘रिसेल भ्यालु’ को चिन्ताबाट मुक्त गर्ने अपेक्षा एमएडब्लुले गरेको छ । दोस्रोदेखि पाँच वर्षसम्ममा दिपल एस०७ छोडेर एमएडब्लु वृद्धिको ‘पोर्टफोलियो’ मा भएका कार खरिद गर्न चाहेमा ‘ग्यारेन्टिड रिसेल भ्यालु’ दिइनेछ ।
यो योजनासँगै ग्राहकहरुले ‘जिरो ओनरसिप कस्ट फर फाइभ इयर’ यानि दिपल एस०७ चढ्दा पाँच वर्षसम्म कुनै खर्च नलाग्ने योजनाको उपभोग गर्न पाउनेछन् । यो योजना अन्तर्गत ग्राहकले पाँच वर्षसम्म निःशुल्क ‘अटोप्लस इन्स्योरेन्स’, निःशुल्क ‘पेरियोडिक मेन्टेनेन्स’, निःशुल्क चार्जिङमा लाग्ने शुल्क र निःशुल्क ‘रोडट्याक्स’ लगायतका सुविधा पाउनेछन् ।
‘हाम्रो उद्देश्य ग्राहकलाई पूर्ण शान्ति दिनु, ईभी किन्ने आत्म विश्वास बढाउनु र एस०७ आईसीएप्रति विश्वास बढाउनु हो । लक्जरी, स्टाइल र इनोभेसनले भरिएको ईभीको स्वामित्वलाई सहज बनाउनु हो,’ एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण