सरकारले लिपुलेक र कालापानीको संरक्षण गरोस् : रास्वपा सांसद नेपाली
सारांश
- रास्वपा सांसद शिव नेपालीले लिपुलेक र कालापानीको संरक्षणका लागि सरकारसँग पहलको माग गरे।
- सांसद नेपालीले सरकार नयाँ शक्तिलाई सिध्याउने खेलमा लागेको आरोप लगाए।
- उनले उपसभामुख इन्दिरा राना मगरमाथि अंकगणितीय खेल खेल्न लागेको भन्दै लोकतन्त्रको अपमान भएको बताए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले नेपालको भूमि लिपुलेक र कालापानीको संरक्षणका लागि पहल गर्न नेपाल सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको बिहिबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद नेपालीले भने, ‘लिपुलेक र कालापानीको भूभाग छिमेकी देशहरुले प्रयोग गर्ने भन्ने विषय आम सञ्चार माध्यममा आएको छ। नेपालको भूभागको संरक्षण गर्न नेपाल सरकारले यथाशिघ्र पहल गर्नेछ भन्ने विश्वास हामीले लिएका छौं ।’
सरकार नयाँ वैकल्पिक शक्तिलाई सिध्याउने खेलमा लागेको र सोही अनुसार रवि लामिछानेमाथि अन्याय गरेको बताउँदै अहिले फेरि आदिवासी जनजाति समुदायकी छोरी उपसभामुख इन्दिरा राना मगर माथि अंकगणितीय खेल खेल्न लागेको बताए । यो लोकतन्त्रको अपमान भएको उनको भनाइ थियो ।
‘हामी २०७९ पौष ७ गते यस सम्मानित सदनमा पाइला टेकेका हौं। उपसभामुखज्यूले २०७९ माघ ५ गते आफ्नो पदभार ग्रहण गर्नुभयो । त्यसपछाडि फागुन १४ गते एउटा सामान्य पत्र, एउटै कार्यक्रममा अन्तर्वार्ताको मिति मिलाइदिनुस् भन्ने भनेको थियो । त्यो पत्र कहीँ कतै दर्ता छैन,’ नेपालीले भने, ‘कार्यान्वयन भएको पनि छैन। भिसाको लागि सिफारिस पनि छैन। तर त्यसलाई १७ महिना लुकाएर साउन २०८१ मा बदनियतपूर्वक सार्वजनिक गरियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण