नेपाल विरोधी चीन–भारत सम्झौता खारेज गर्न झलनाथको माग
सारांश
- पूर्व प्रधानमन्त्री झलनाथ खनालले चीन र भारतबीचको नेपालविरोधी सम्झौता खारेज गर्न माग गरेका छन्।
- उनले लिपुलेक पासबाट व्यापार पुनः सुरु गर्ने सम्झौताले नेपालको सार्वभौमिकतामाथि थिचोमिचो भएको बताए।
- खनालले सबै राजनीतिक दलहरूलाई नेपालको राष्ट्रिय स्वतन्त्रताको पक्षमा उभिन आह्वान गरे।
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अगस्ट १९ (३ भदौ, २०८२) मा चीन र भारतबिच नेपालविरोधी सम्झौता खारेज गर्न माग गरेका छन् ।
नेता खनालले शुक्रबार विज्ञप्ति जारी गर्दै दिल्लीमा सम्पन्न १२ बुँदे सम्झौताको ९ औँ बुँदामा लिपुलेक पासबाट दुई देश बिच व्यापारलाई पुनः सुरु गर्ने सम्झौताले नेपाली भूमि अतिक्रमण मात्र होइन नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डता माथि नै गम्भीर थिचोमिचो हुन पुगेको बताएका छन् ।
‘त्यसले देशभित्र र प्रवासमा समेत रहेका सम्पूर्ण नेपाली जनताको देशभक्तिपूर्ण भावनामाथि गम्भीर चोट पुर्याएको छ र उनीहरू त्यो सम्झौताको विरुद्ध सडकमा आउन समेत बाध्य भएका छन्’, खनालले भनेका छन् ।
उनले सबै राजनीतिक पार्टीहरू, सम्पूर्ण देशभक्त संघसंस्थाहरू, आम जनता र सिङ्गो राष्ट्र एकताबद्ध बनेर नेपालको राष्ट्रिय स्वतन्त्रता,सार्वभौमसत्ता, राष्ट्रिय अखण्डताका पक्षमा दृढतापूर्वक उभिएर संसद्बाट एउटै आवाजमा सबै दलको तर्फबाट राष्ट्रिय सङ्कल्प प्रस्ताव पारित गर्न माग गरेका छन् ।
‘नेपालका भूभागहरू हडप गर्ने भारतीय विस्तारवादी तर्कहरूलाई खारेज गरौँ । हाम्रो सिमानाको यथार्थ बारेमा नेपाली जनता, विश्व जनता र अन्तर्राष्ट्रिय जगतलाई प्रस्ट पार्ने ऐतिहासिक सन्धि, सम्झौता, नक्साहरू, भिडियो र अन्य तथ्य प्रमाणहरू व्यवस्थित बनाऔँ’, खनालको भनाइ छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण