मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

एमजीको दसैँ, तिहार र छठका लागि विशेष योजना सार्वजनिक

आइतबार, ०८ भदौ २०८२, १४ : ३१
आइतबार, ०८ भदौ २०८२

सारांश

  • प्यारामाउन्ट मोटर्सले दशैं, तिहार र छठका लागि 'मोरिस गराजेज पाथ्स अफ स्माइल' अफर ल्याएको छ।
  • यस योजनाअन्तर्गत एमजीका गाडी खरिदमा ४ लाखसम्म छुट, इन्स्योरेन्स र चार्जर पाइनेछ।
  • अफर भदौ ६ देखि कार्तिक १० सम्म नक्साल र थापाथलीका शोरूममा लागू हुनेछ।

काठमाडौँ । नेपालमा एमजीका आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रा. लि.ले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै विशेष अफर ‘मोरिस गराजेज पाथ्स अफ स्माइल’ सार्वजनिक गरेको छ।

यस योजनाअन्तर्गत ग्राहकले एमजीका गाडीहरू – एमजी४ इभी, एमजी कमेट इभी, एमजी जेडएस इभी, एमजी एस५ इभी, एमजी विन्डसर इभी र एमजी आइएमट इभी खरिद गर्दा आकर्षक सुविधा पाउनेछन्। 

कम्पनीले रु. ४ लाखसम्म छुट, निःशुल्क कम्प्रिहेन्सिभ अटो प्लस इन्स्योरेन्स तथा निःशुल्क ३ किलोवाट वा ७ किलोवाट क्षमताको चार्जर उपलब्ध गराउने जनाएको छ।

अफर २०८२ भदौ ६ गतेदेखि कार्तिक १० गतेसम्म नक्साल र थापाथलीस्थित एमजी शोरूमहरूमा लागू हुनेछ। कम्पनीका महाप्रबन्धक सुनील बबहादुर क्षेत्रीका अनुसार पर्वहरू खुसी र एकताको प्रतीक भएकाले ग्राहकलाई विशेष अनुभव दिलाउने उद्देश्यले योजना ल्याइएको हो।

थप जानकारीका लागि ग्राहकले एमजी नेपाल वेबसाइट वा नजिकको शोरूम सम्पर्क गर्न सक्नेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप