कार्की खोलाले बगाएका बम्जनको शव मनहरीमा फेला
सारांश
- मकवानपुरको मनहरीमा एक पुरुषको शव फेला परेको छ।
- शव २ दिन अघि बाढीमा बेपत्ता भएका विनोद बम्जनको भएको पुष्टि भयो।
- मृतकको शव राप्ती खोलाको बगरमा फेला परेको थियो, बहिनीले सनाखत गरिन्।
हेटौँडा । मकवानपुरको मनहरीमा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार दिउँसो मनहरीस्थित राप्ती खोलाको बगरमा एक पुरुषको शव फेला परेको हो ।
आइतबार दिउँसो १३ः ४० बजेको समयमा मनहरी–९ ज्यामिरेस्थित राप्ती खोलाको बगरमा उत्तानो अवस्थामा उक्त शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । उक्त पुरुषको शव २ दिन अघि मकवानपुरगढीको सुकौराबाट बाढीमा परेर बेपत्ता भएका विनोद बम्जनको रहेको खुलेको प्रवक्ता अर्यालले बताए ।
प्रवक्ता अर्यालका अनुसार भदौ ५ गते दिउँसो १५ः ३० बजेको समयमा मकवानपुरगढी–२ तल्लो छाप बस्ने वर्ष २५ को विनोद बम्जनलाई सुकौरास्थित कार्की खोलाले बगाएको थियो । मकवानपुरगढी–७ सुकौरा पसलबाट घर तर्फ जाँदै गरेको अवस्थामा कार्की खोलाले बगाएको प्रवक्ता अर्यालको भनाई छ ।
कार्की खोला (माथि होमपाइप राखी आवतजावत गर्न बनाइएको) तर्ने क्रममा अचानक खोलामा बाढी आएर विनोदलाई बगाएको थियो । खाेलाले बगाएका विनोदको खोजी कार्यका क्रममा आइतबार दिउँसो मनहरी–९ ज्यामिरेस्थित राप्ती खोलाको बगरमा शव फेला परेको हो ।
उक्त शवको मुचुल्का कार्य सम्पन्न गरी शवलाई हेटौँडा अस्पताल मकवानपुरको शव गृहमा राखिएको प्रवक्ता अर्यालले बताए । हेटौँडा अस्पतालमा विनोदकी बहिनी सम्झना भोम्जनले शव पहिचान गरेकी प्रवक्ता अर्यालले बताए । मृतकको बायाँ कान सानो भएकोले सोही आधारमा बहिनी सम्झनाले शवको सनाखत गरेकी प्रवक्ता अर्यालको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण