काठमाडौँ महानगर घेर्दै कवाडी व्यवसायी, 'अन्यायपूर्ण ज्यादती' बन्द गर्न माग
सारांश
- काठमाडौँ महानगरपालिकाले कवाडी व्यवसायीमाथि दमन गरेको भन्दै व्यवसायीहरूले महानगरपालिकाको कार्यालय घेराउ गर्ने घोषणा गरेका छन्।
- व्यवसायीहरूले महानगर प्रहरीले कुटपिट गर्ने, सामान जफत गर्ने र संरचना भत्काउने जस्ता अमानवीय कार्य गरेको आरोप लगाएका छन्।
- कवाडी व्यवसायी समाज नेपालले महानगर प्रमुख बालेन्द्र शाहले गरिब तथा साना व्यवसायीलाई हटाउन खोजेको आरोप लगाएका छन्।
काठमाडौँ । विगत दुई वर्षदेखि काठमाडौँ महानगरपालिकाले आफ्नो व्यवसायमाथि निरन्तर दमन गरेको भन्दै कवाडी व्यवसायीहरूले महानगरपालिकाको कार्यालय घेराउ गर्ने घोषणा गरेका छन् । कवाडी व्यवसायी समाज नेपालले एक प्रेस विज्ञप्ति जारी गर्दै महानगरले सञ्चालन गरिरहेको ’अन्यायपूर्ण ज्यादती’ विरुद्ध आजदेखि आन्दोलन गर्ने घोषणा गरेका हुन् ।
आज साढे १२ बजे व्यवसायी तथा मजदुरहरूले महानगरपालिकाको कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरेका छन् । उनीहरूले महानगर प्रहरीले व्यवसायी तथा सङ्कलक मजदुरहरूमाथि कुटपिट गर्ने, सामान जफत गर्ने, संरचना भत्काउने र शारीरिक तथा मानसिक चोट पुर्याउने जस्ता अमानवीय कार्य गरेको गम्भीर आरोप लगाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘महानगर प्रहरीको कुटपिटका कारण कवाडी सङ्कलक र मजदुरको टाउको फुट्ने, अङ्गभङ्ग हुने, र घोर मानसिक त्रास सिर्जना हुने घटना बारम्बार दोहोरिँदै आएको छ ।’ महानगर प्रमुख बालेन्द्र शाहले गरिब, श्रमिक र साना व्यवसायीलाई नियोजित रूपमै काठमाडौँबाट हटाउन खोजेको उनीहरूको आरोप छ ।
उनीहरु व्यवसायी र मजदुरमाथि भइरहेका कुटपिट, अपहरण र संरचना भत्काउने जस्ता कार्य तत्काल रोक्न माग गरेका छन् । यस्ता ज्यादतीमा संलग्न महानगर प्रहरीलाई कानुनी कारबाही गर्नुपर्ने र व्यवसायी तथा मजदुरको जिउधनको सुरक्षाका लागि सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने उनीहरूको भनाइ छ ।
महानगरपालिकाले अव्यवस्थित कवाडी संकलन केन्द्रहरू हटाउने अभियान चलाउँदै आएपछि व्यवसायी र महानगरबिच लामो समयदेखि तनाव सिर्जना हुँदै आएको छ । व्यवसायीहरूले आफूहरूले फोहोरलाई कच्चा पदार्थमा परिणत गरेर महानगरलाई सफा राख्न मद्दत गरिरहेको बताउँदै आएका छन् भने महानगरले दर्ताविहीन र अव्यवस्थित व्यवसाय हटाउनु आफ्नो जिम्मेवारी भएको बताउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण