सकियो कांग्रेस बैठक : बडूलाई राज्य व्यवस्थाको सभापति बनाउने विषयमा भएन छलफल
सारांश
- नेपाली कांग्रेसका उपसभापति र महामन्त्रीसहितको बैठकले राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार र उपसभामुख इन्दिरा रानामगरको विषयमा छलफल गरेको छ।
- सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति र महामन्त्रीहरूलाई बोलाएर उपसभामुख रानामगरलाई हटाउने विषयमा छलफल गरेका थिए।
- राज्य व्यवस्था समितिको सभापतिका लागि भदौ ११ गते निर्वाचन हुने भएको छ, जसका लागि कांग्रेस सांसदहरूले दिलेन्द्रप्रुसाद बडूलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति र महामन्त्रीसहित बसेको बैठक सोमबार साँझ बसेको छ । बैठकमा प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार र उपसभामुख इन्दिरा रानामगरमाथिको पदीय आचरण विपरीतको विषयमा छलफल भएको छ ।
उपसभामुख रानामगरलाई हटाउने विषयमा भइरहेको गृहकार्यबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति र महामन्त्रीहरूलाई आफ्नै निवास बुढानीलकण्ठमा बोलाएका थिए ।
आजको बैठकमा पार्टीको सांगठानिक क्रियाकलाप र क्रियाशील सदस्यता नवीकरणको विषयमा छलफल भएको कांग्रेस पार्टी कार्यालय मुख्यसचिव कृष्णप्रसाद पौडेलले रातोपाटीलाई जानकारी दिए । यी विषयमा छलफल भए पनि के गर्ने भन्नेबारे नटुंगिएकाले भोलि मंगलबार बिहान पुनः ११ बजे बैठक बस्ने उनले जानकारी दिए ।
राज्यव्यवस्था समितिको सभापतिका लागि भोलि उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
साउन २८ गते संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गडबडी गरेको पाइएपछि विवादमा परेका सभापति रामहरि खतिवडाले प्रतिनिधिसभा बैठकमा पदबाट राजीनामा दिएका थिए ।
प्रतिनिधिसभा नियमावलीको नियम १७७ को उपनियम ५ मा संसदीय विषयगत समितिको सभापति पद रिक्त भएको १५ दिन भित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।
बडूबारे भएन छलफल
सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको सभापति देउवासहित उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको बैठकले दिलेन्द्रप्रुसाद बडूलाई पार्टीका तर्फबाट राज्य व्यवस्था समितिको सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
तर आज सकिएको बैठकमा यसबारे कुनै निर्णय हुन सकेन । बडू राज्य व्यवस्था समितिको सदस्य हुन् । देउवाले सभापतिको उम्मेदवार तय गर्न बिहान १० बजे बैठक आह्वान गरेका थिए । त्यो बैठक स्थगित गरेर दिउँसो दुई बजे बैठक बोलाइएको थियो ।
राज्य व्यवस्था समिति सभापतिका लागि सभाममुख देवराज घिमिरेले भदौ ११ गतेको मिति तय गरेका छन् । सभामुख घिमिरेको निर्देशनमा संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले सूचना जारी गर्दै भदौ ११ गते रिक्त समितिको सभापति निर्वाचन गर्ने मिति तय गरेका हुन् ।
समिति सभापतिका लागि कांग्रेस सांसदहरू हृदयराम थानी, अम्बिका बस्नेत र सरिता प्रसाईको पनि नाम चर्चामा थियो । तर, नेताहरूले बडूलाई छानेका हुन् ।
२७ सदस्यीय समितिमा कांग्रेसबाट उपसभापति खड्का, महामन्त्रीद्वय थापा र शर्मा, बडू,, प्रसाई, थानी, ईश्वरीदेवी न्यौपाने, रामहरि खतिवडा र बस्नेत गरी नौ जना सदस्य छन् ।
यसअघि राज्य व्यवस्था समिति सभापतिमा कांग्रेसकै सांसद रामहरि खतिवडा थिए । कुलिङ पिरियड सम्बन्धी विवादमा मुछिएपछि सभापति पदबाट खतिवडाले गत साउन २८ गते राजीनामा दिएका थिए ।
प्रतिनिधिसभा नियमावलीको नियम १७७ को उपनियम ५ मा संसदीय विषयगत समितिको सभापति पद रिक्त भएको १५ दिन भित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।
राज्य व्यवस्था तथा सुशासन समिति सभापति पद रिक्त भएको १५ दिन भदौ ११ गते पुग्ने भएकाले त्यसको ४८ घण्टा अगाडि निर्वाचनसम्बन्धी कार्यतालिका प्रकाशित गर्नुपर्छ । त्यही व्यवस्था अनुरुप संघीय संसद् सचिवालयले सोमबार भदौ ११ गते समिति सभापतिको निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण