सवारी दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते
सारांश
- झापाको कनकाई नगरपालिकामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ र चार जना घाइते भएका छन्।
- दुर्घटनामा दुईवटा भ्यान ठोक्किएका थिए, जसमा एक जना चालकको मृत्यु भयो।
- घाइतेहरु एउटै परिवारका हुन्, र प्रहरीले दुर्घटनाको अनुसन्धान गरिरहेको छ।
झापा । कनकाई नगरपालिका–८ बिरिङ पुल नजिक सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने एकै परिवारका चार जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत गए राति सुरुङ्गाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे१च ५४४६ नम्बरको भ्यान र विपरीत दिशाबाट जाँदै गरेको मे१च ३४४० नम्बरको भ्यान एकापसमा ठोक्किँदा भ्यानका चालक शिवसताक्षी नगरपालिका–७ का २९ वर्षीय नवराज बाँस्कोटाको मृत्यु भएको हो ।
दुर्घटनामा मारुती भ्यानमा सवार शिवसताक्षी नगरपालिका–७ का ४० वर्षीय पृथ्वीनाथ साह, उनकी ३७ वर्षीया पत्नी पुनमदेवी, १४ वर्षीय छोरा प्रसन्न र नौ वर्षीया छोरी प्रिन्सा घाइते भएका छन् । घाइते चारै जनाको अवस्था सामान्य छ । पिकअप र त्यसका चालक धनकुटा महालक्ष्मी नगरपालिका–८ का २४ वर्षीय सुमन पौडेललाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण