फिल्म ‘महादशा’ निर्माण घोषणा
सारांश
- नयाँ नेपाली फिल्म 'महादशा' निर्माण हुने घोषणा, प्रि-टिजर सार्वजनिक गरियो।
- किरण नेपालीको निर्देशनमा बन्ने फिल्ममा प्रमोद अग्रहरी, प्रेमा लामगाढे र हाकिम गुरुङको अभिनय रहनेछ।
- फिल्मले संस्कृति, अध्यात्म र ग्रहको प्रभावलाई कथावस्तुमा समेट्नेछ।
काठमाडौँ । ‘महादशा’ नामक नेपाली फिल्म निर्माण हुने भएको छ। बुधबार राजधानीस्थित जमलको विश्वज्योती मलको राजा लाउन्जमा आयोजित एक कार्यक्रममा फिल्म घोषणा गरिएको हो । कार्यक्रममा फिल्मको प्रि–टिजर पनि सार्वजनिक गरियो ।
फिल्म निर्माता किरण नेपालीले निर्देशन गर्न लागेका हुन् । किरणले यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । लेकाली इन्टरटेन्मेन्टले निर्माण गर्ने फिल्ममा प्रमोद अग्रहरी, प्रेमा लामगाढे र हाकिम गुरुङको अभिनय रहनेछ । निर्माण पक्षका अनुसार अन्य कलाकारबारे जानकारी पछि दिइनेछ।
मनिष गौतमले लेखेको फिल्ममा राजे के। शाह, श्याम मगर र अमला देवी राईले लगानी गरेका छन्। सुरज आचार्य कार्यकारी निर्माता रहेका छन्।
फिल्मले संस्कार, संस्कृति, अध्यात्मसँगै समाजमा विद्यमान रहस्यमय घटनाक्रम तथा मानिसको जीवनमा ग्रह–नक्षत्र र कर्मको प्रभावलाई कथावस्तुमा समेट्ने निर्माण पक्षले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण