मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

गौरीघाटमा बागमती नदीको जलसतहले सतर्कता तह पार गर्‍यो

बुधबार, ११ भदौ २०८२, १८ : ४९
बुधबार, ११ भदौ २०८२

सारांश

  • जल तथा मौसम विज्ञान विभागले काठमाडौँको गौरीघाटमा बागमती नदीको जलसतहले सतर्कता तह पार गरेको जनाएको छ।
  • लगातारको वर्षाका कारण बागमती नदीमा पानीको सतह बढ्दो क्रममा रहेको छ र बाढी आउन सक्ने सम्भावना रहेको छ।
  • विभागले नदी तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई सतर्क रहन आग्रह गरेको छ।

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले काठमाडौँ जिल्लाको गौरीघाटस्थित जलमापन केन्द्रमा बागमती नदीको जलसतहले सतर्कता तह पार गरेको जनाएको छ।

विभागले बुधबार साँझ ६:०० बजे जारी गरेको सूचनाअनुसार, नदीमा पानीको सतह बढ्दो क्रममा रहेकाले बागमती नदीको तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्क रहन आग्रह गरिएको छ। लगातारको वर्षाका कारण नदीको बहाव बढ्दै गएकोले कुनै पनि बेला बाढी आउन सक्ने सम्भावना रहेको भन्दै विभागले सचेत रहन भनेको हो।

539312512_122190915650355476_1725529613053601542_n (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप