आलोचनापछि इजरायली आक्रमणमा मारिएका आफ्नो पत्रकारको ओबिच्युरी छाप्यो रोयटर्सले
सारांश
- रोयटर्सले गाजास्थित क्यामेराम्यान हुसाम अल-मस्रीको मृत्युमा शोक सन्देश प्रकाशित गरेको छ।
- इस्रायली सेनाको आक्रमणमा अल-मस्रीको नास्सेर अस्पतालमा मृत्यु भएको थियो।
- अल-मस्रीलाई 'सबैभन्दा खतरनाक परिस्थितिमा पनि सकारात्मक रहने दृढ र साहसी पत्रकार' भनि सम्झना गरिएको छ।
गाजा । रोयटर्सले आफ्ना क्यामेराम्यान हुसाम अल–मस्रीको मृत्युमा आधिकारिक शोकसन्देश (ओबिच्युरी) प्रकाशित गरेको छ। गाजास्थित नास्सेर अस्पतालमा इजरायली सेनाको आक्रमणमा अल–मस्रीको ज्यान गएको हो ।
ओबिच्युरीमा उनलाई ‘सबैभन्दा खतरनाक परिस्थितिमा पनि सकारात्मक रहन सक्ने, दृढ र साहसी पत्रकार’ भनेर वर्णन गरिएको छ। रोयटर्सकी सम्पादक–इन–चिफ एलेस्सान्द्रा गालोनीले भनिन्, ‘उनको निधनले यो समाचार कक्षमा काम गर्ने सबैलाई गहिरो चोट पुर्याएको छ।’
खान युनिसमा जन्मिएका अल–मस्रीले २०२४ मेदेखि रोयटर्समा काम सुरु गरेका थिए। पछिल्ला महिनाहरूमा उनले नास्सेर अस्पतालबाट दैनिक समाचार दृश्य प्रसारण गर्ने जिम्मेवारी पाएका थिए। उनको क्यान्सरपीडित पत्नी र १५, १८, २२ र २३ वर्ष उमेरका चार सन्तान छन्।
अल–मस्रीको मृत्युपछि रोयटर्सले पहिलो रिपोर्टमा उनलाई केवल ‘कन्ट्र्याक्टर’ भनेर उल्लेख गरेको भन्दै आलोचना भएको थियो। अल–जजिराकी पत्रकार हिन्द खादरीका अनुसार, ‘रोयटर्सले आफ्नै पत्रकारलाई हेडलाइनमा समेत उल्लेख नगरेको र केवल ‘कन्ट्र्याक्टर’ भनेको गम्भीर लापरबाही हो।”
गाजास्थित पत्रकार समुदायले भने अल–मस्रीलाई ‘साहसी सहकर्मी’ का रूपमा सम्झिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण