जनार्दन शर्मा भन्छन्– नेतृत्वको सत्ता स्वार्थका कारण कार्यकर्ताको उत्साहमा चिसो पानी खन्याइयो
सारांश
- माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कम्युनिस्ट पार्टीको पुनर्संरचना अनिवार्य रहेको बताए ।
- उनले पार्टी पुनर्गठनका लागि सबैले त्याग गर्न तयार हुनुपर्ने कुरामा जोड दिए ।
- शर्माले नेकपा गठन हुँदाको उत्साह सेलाउनुमा नेताहरूको स्वार्थलाई दोष दिए ।
काठमाडौँ । नेकपा(माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले कम्युनिस्ट पार्टीको पुनर्संरचना अनिवार्य भएको बताएका छन् । सहिद प्रतिष्ठानले बिहीबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टी पुनर्गठनका लागि जसले जे त्याग गर्नुपर्ने हो गर्न तयार हुनुपर्ने बताएका हुन् ।
‘कम्युनिस्ट पार्टीको पुनर्संरचना अनिवार्य छ । त्याग गर्नुपर्ने भए त्याग गर्नुपर्छ । आजको नयाँ पुस्ताले चाहेको के हो ? जेनजी पुस्ताको पनि बहस भइरहेको छ ? सबै आवश्यकतालाई सम्बोधन गर्ने गरी कम्युनिस्ट आन्दोलनलाई ध्रुवीकरण र पुनर्गठन गर्नुपर्छ । वृहत्त राष्ट्रिय स्वार्थमा केन्द्रित भएर पुनर्गठन गर्नुपर्छ’, उनले भने ।
शर्माले २०७४ सालमा नेकपा गठन हुँदा नेता तथा कार्यकर्तामा निकै उत्साह देखिएको तर नेताहरूको स्वार्थका कारण चिसो पानी खन्याइएको आरोप लगाए ।
‘नेकपा गठन गर्दा नेता तथा कार्यकर्तामा निकै उत्साह देखिएको थियो । तर सत्ता स्वार्थका कारण उत्साहमा चिसो पानी खन्याइयो । कसले गर्यो व्यक्तिगत आरोप लगाउन चाहन्न । झन्डै दुई तिहाइ मत पाएको पार्टी विघटन भयो । यस्तो किन भयो भन्दा पार्टीभित्र अलोकतान्त्रिक गतिबिधिका कारण, वैचारिक अभावका कारण समस्या आएको छ’, उनले भने– ‘अब पुराना पुस्तालाई गाली गरेर होइन । विगतबाट शिक्षा लिएर जनताको पार्टी बनाउनुपर्छ । यसका लागि सम्पूर्ण कम्युनिस्ट पार्टीलाई एकीकृत बनाएर लैजान निरन्तर अभियान चलाउनुपर्छ ।’
कार्यक्रममा उनले नयाँ अभियान लिएर जानुपर्ने बेला सरकारमा जान छामछुम गरिरहेको आरोप लगाए । पार्टीलाई आफ्नो बिर्ता जस्तो ठानेका कारण कम्युनिस्ट पार्टीभित्र समस्या देखिएको शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण