बीवाईडी याङवाङ यू९ ट्र्याक एडिसनले बनायो नयाँ रेकर्ड
बिहीबार, १२ भदौ २०८२, १७ : ०१
सारांश
- चिनियाँ ब्रान्ड याङवाङको इलेक्ट्रिक कारले ४७२.४१ किलोमिटर प्रतिघण्टाको गतिमा नयाँ विश्व रेकर्ड बनाएको छ।
- जर्मनीको ट्र्याकमा व्यावसायिक चालक मार्क बासेङले कार चलाएका थिए, जसले यसअघि पनि रेकर्ड बनाएका थिए।
- यू१९ ट्र्याक एडिसनमा एरोडाइनामिक पार्ट्स, कार्बन फाइबर स्प्लिटर र वैज्ञानिक सस्पेन्सन जस्ता सुविधाहरू छन्।
काठमाडौँ । चिनियाँ अटो ब्रान्ड बीवाईडीको प्रिमियम सब–ब्रान्ड ‘याङवाङ’ ले विश्वकै सबैभन्दा तीव्र गतिमा दौडिने इलेक्ट्रिक कारको कीर्तिमान कायम गरेको छ।
जर्मनीको एटीपी अटोमोटिभ टेस्टिक पाप्लेनबर्ग ट्र्याकमा ४७२.४१ किलोमिटर प्रतिघण्टाको गति निकाल्दै याङवाङ यू१९ ट्रयाक एडिसनले नयाँ ग्लोबल ईभी टप–स्पिड रेकर्ड बनाएको हो।
यो रेकर्ड अगस्ट ८ मा प्रोफेसनल ड्राइभर मार्क बासेङले चलाउँदा कायम भएको हो। बासेङले यसअघि पनि ग्लोबल ईभी स्पिड रेकर्ड तोडेका थिए। यसपटक भने उनले आफ्नै पुरानो रेकर्ड तोड्दै नयाँ इतिहास रचे।
अत्याधुनिक प्रविधि
- E4 प्लेटफर्म र Disus–X कोर आर्किटेक्चरमा निर्माण
- विश्वकै पहिलो १२०० भोल्ट अल्ट्रा–हाई–भोल्टेज प्लेटफर्म
- ३०,००० RPM हाई–पर्फमेन्स मोटर, प्रति मोटर ५५५ kW पिक पावर
- ३,००० PS सिस्टम आउटपुट, प्रतिटन १,२१७ PS पावर–टु–वेट रेसियो
- क्वाड मोटर टर्क–भेक्टरिङ सिस्टम – स्पिड र ट्र्याक्सनमा निरन्तर निगरानी
- Disus–X Intelligent Body Control System – कर्नरिङ र एक्सिलरेसनमा सहजता
- एरोडाइनामिक डिजाइन र सेमी–स्लिक ट्र्याक–फोकस्ड टायर
यो रेकर्ड कायम गर्ने यू९ ट्र्याक एडिसन, हाल चीनमा उपलब्ध याङवाङ यू१९ सुपरकारकै सुधारिएको संस्करण हो। यसमा एरोडाइनामिक पार्ट्स, अप्सनल कार्बन–फाइबर स्प्लिटर तथा वैज्ञानिक सस्पेन्सन/टायर प्रविधि थपिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण