१२ बजे १२ समाचारः लिपुलेकको विषय चीनमा उठाउने तयारीमा प्रधानमन्त्री, अण्डामा सिण्डिकेटको लुट
सारांश
- पूर्व प्रदेश प्रमुख राजेश झालाई थुनामा पठाउने जिल्लाको आदेश उच्च अदालतले सदर गरेको छ।
- प्रधानमन्त्री केपी शर्मा ओली चीनमा हुने एससीओ शिखर सम्मेलनमा भाग लिन भदौ १४ गते चीन प्रस्थान गर्दैछन्।
- युवतीलाई हैरानी दिएको आरोपमा एक युवक पक्राउ परेका छन्, उनले युवतीलाई ७०० पटक म्यासेज पठाएका थिए।
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा ‘१२ बजे १२ समाचार’ लिएर हामी पाठकवृन्दसमक्ष हाजिर भएका छौँ–
१. पूर्वप्रदेश प्रमुख झालाई थुनामा पठाउने जिल्लाको आदेश सदर
मधेस प्रदेश सरकारका पूर्वप्रदेश प्रमुख राजेश झा (राजेश अहिराज) लाई पूर्पक्षका लागि थुनामा पठाउने जिल्लाको आदेश उच्च अदालत पाटनले सदर गरेको छ ।
२. प्रम भ्रमण
प्रधानमन्त्री केपी शर्मा ओली पाँचदिने भ्रमणका लागि भदौ १४ गते चीन प्रस्थान गर्दैछन् । चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा उनी शांघाई कोअपरेसन संगठन (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन जान लागेका हुन् ।
३. आशिकालाई कैद
आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई पाँच दिन कैद सजाय सुनाइएको छ।
बिहीबार भक्तपुर जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङलाई पाँच दिन कैद सजाय र ५ सय रुपैयाँ जरिवानाको फैसला सुनाइएको जिल्ला अदालतकी सूचना अधिकारी हिराकुमारी भण्डारीले बताइन् ।
४. अण्डामा लुट
अहिले अण्डा किन्दा कति रुपैयाँ तिर्नुपर्छ ? प्रतिगोटा २३ रुपैयाँ, प्रतिक्रेट कम्तीमा ५३० रुपैयाँ । नेपालीका लागि प्रोटिनको मुख्य स्रोत मानिने अण्डाको अचाक्ली मूल्यवृद्धिले आम उपभोक्तालाई मारमा पारेको छ ।
५. अनिश्चितकालसम्मका लागि विद्यालय बन्द गर्ने चेतावनी
निजी विद्यालय सञ्चालक संस्थाहरूले विद्यालय शिक्षा विधेयकमा भएका प्रावधान संशोधन नभए १८ भदौपछि अनिश्चितकालसम्मका लागि विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् ।
६. युवतीलाई ७०० पटक म्यासेज
युवतीलाई हैरानी दिएको आरोपमा एक जना युवक प्रहरीको हिरासतमा छन् । नुवाकोटको सूर्यगढी गाउँपालिका–४ हिरामुनीटार घर भएका २७ वर्षीय सुमित भट्टराई भदौ ८ मा पक्राउ परेका हुन् । उनलाई प्रहरी वृत्त कालिमाटीको हिरासतमा राखिएको छ ।
तार्केश्वर नगरपालिका वडा नम्बर–१० स्थित मनमैजुमा बस्दै आएका भट्टराई शिक्षक पनि हुन् । बल्खु बस्दै आएकी एक जना २० वर्षीया युवतीलाई हैरानी दिएको आरोपमा उनी पक्राउ परेका हुन् ।
ती युवती आफूलाई मन पर्ने भन्दै उनले लगातार पछ्याएर हैरानी पारेको आरोप छ । सार्वजनिक बस र टेम्पोमा पनि लगातार पछ्याउने र म्यासेज गर्ने गरेपछि युवतीले प्रहरीमा जाहेरी दिइन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार भट्टराईले ती युवतीलाई ७ सय पटकसम्म म्यासेज गरेको भेटिएको छ ।
७. प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं गणतन्त्र नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल–भारत सीमा समस्या समाधानका लागि भारतीय पक्षसँग पहिलो पटक सिधासिधा कुरा गर्ने प्रधानमन्त्री आफू भएको बताएका छन् ।
विराटनगरमा सम्पन्न कोशी प्रदेश समिति सचिवालय बैठकलाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।
८. समिति
सभापति ईश्वरीदेवी न्यौपानेले पदबाट राजीनामा दिएर प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति भएपछि संसदीय सुनुवाइ समिति (संयुक्त) सभापतिविहीन भएको छ । न्यौपानेले भदौ १० गते समिति सभापतिबाट राजीनामा दिएकी थिइन् ।
९. पाँडे हिरासतमै
काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य अरनिको पाँडेलाई बिहीबार चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
पाँडेविरूद्ध एक महिलालाई इमेल र ह्वाटसएपमार्फत यौन दुव्र्यवहार गरेको आरोप छ । उनी राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समेत हुन् ।
१०. अपराध समाचार
काठमाडौँ जिल्ला अदालतले पशुपति आर्यघाटबाट शवको हड्डी किनबेच गरेको प्रकरणमा पक्राउ परेका ४ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।
११. कम्युनिस्ट ध्रुवीकरणको प्रयास
नेपालका तीन कम्युनिस्ट नेताहरूले वामपन्थी ध्रुवीकरणको प्रयत्न थालेका छन् । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र नेकपा एकीकृत समाजवादी महासचिव घनश्याम भुसालले एउटै मञ्चबाट वामपन्थी ध्रुवीकरणको प्रयास गर्ने उद्घोष गरेका हुन् ।
१२. एनआरएनए विवाद
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को महाधिवेशन र आधिकारिकता विवादसम्बन्धी मुद्दा बिहीबार हेर्न नभ्याइने भएको छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू मनोजकुमार शर्मा र कुमार चुडालको पूर्ण इजलासमा बिहीबार पेसी तोकिएको थियो । यसअघि यो मुद्दा ७ पटक पेसी तोकिएकोमा ६ पटक हेर्न नमिल्ने न्यायाधीशको इजलासमा परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण