सवारी दुर्घटनामा दुई जनाको मृत्यु
आइतबार, १५ भदौ २०८२, १३ : २७
सारांश
- मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
- बाँकेमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
- प्रहरीले दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । मकवानपुर र बाँकेमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
मकवानपुरको बकैया गाउँपालिका-६ खोपिल्टो गाउँस्थित ना.६ त ८९९९ नम्बरको ट्याक्टरले खेत जोत्ने क्रममा शनिबार दिउँसो दुर्घटना हुँदा चालक बारा निजगढ नगरपालिका-१२ रामथली बस्ने वर्षीय ३३ वर्षीय बुद्धिलाल थिङको घटनास्थलमै मृत्यु भएको छ ।
त्यसैगरी, बाँकेको जानकी गाउँपालिका-४ नहरचोकस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने शुभ प्रसाद सोनीको छोरा ९ वर्षीय सुमर कुमार सोनीको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सञ्जीवनी कलेज अफ मेडिकल साईन्सेज नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण