नाडा अटोमोबाइल्स महासंघमा रुपान्तरण गर्ने निर्णय, विशेष साधारण सभा बोलाइयो
आइतबार, १५ भदौ २०८२, १५ : ४५
सारांश
- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललाई महासंघमा रूपान्तरण गर्ने निर्णय भयो।
- विशेष साधारण सभा २०८२ भदौ २४ गते ललितपुरमा हुने भएको छ।
- नाडाका सदस्यहरूलाई सभामा उपस्थित भई निर्णयलाई कार्यान्वयन गर्न आग्रह गरिएको छ।
काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललाई विधानतः महासंघमा रूपान्तरण गर्ने निर्णय भएको छ। मिति २०८२ भदौ ८ गते बसेको नाडाको २१औँ केन्द्रीय कार्यसमितिको बैठकले डेढ दशक लामो प्रतीक्षापछि यस विषयमा विशेष साधारण सभा बोलाउने निर्णय गरेको हो।
यसैअनुसार विशेष साधारण सभा मिति २०८२ भदौ २४ गते, मंगलबार बिहान ११ बजे, द प्लाजा, झम्सिखेल, ललितपुरमा हुने भएको छ। नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले जारी गरेको आग्रहपत्रमा यस निर्णयलाई कार्यान्वयनमा ल्याउन नाडाका सदस्यहरूको निर्णायक भूमिका रहने भएकाले अनिवार्य रूपमा उपस्थित रहन अनुरोध गरिएको छ।
उनले यो निर्णयले सदस्यहरूको लामो समयदेखिको इच्छा, चाहना र आकाङ्क्षा पूरा गर्ने मात्र नभई नाडालाई वास्तविक अर्थमा राष्ट्रिय स्तरको संस्था बनाउने र सदस्यहरूको हकहित सबल रूपमा संरक्षण गर्ने उल्लेख गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण