बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

झलनाथ–घनश्याम समूहको निष्कर्ष : माओवादीसँगको एकता प्रत्युत्पादक

आइतबार, १५ भदौ २०८२, १७ : ५१
आइतबार, १५ भदौ २०८२

सारांश

  • एकीकृत समाजवादीको झलनाथ खनाल र घनश्याम भुसाल पक्षका नेताहरूले माओवादीसँगको एकता गर्दा एमालेमा फर्किने सम्भावना औंल्याए।
  • नेताहरूले साना वाम दलहरूसँगको एकतालाई जोड दिँदै एमालेलाई काउन्टर दिनुपर्नेमा जोड दिए।
  • भदौ २२ गते बस्ने बैठकमा पार्टीको आगामी एजेन्डाहरूमा छलफल हुनेछ।

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को झलनाथ खनाल र घनश्याम भुसाल पक्षीय नेताहरूले माओवादी केन्द्रसँगमात्र एकता गर्दा धेरैजसो पार्टीका नेता कार्यकर्ता एमालेमा जाने र त्यो प्रत्युत्पादक हुने ठहर गरेका छन् । 

आइतबार नयाँ बानेश्वरमा खनाल– भुसाल निकटका नेताहरूको छलफलले यस्तो ठहर गरेको एक नेताले जानकारी दिए । 

‘अहिले माओवादी केन्द्रसँगमात्र एकता गर्दा हुने फाइदा–घाटाबारे छलफल भयो’, एक नेताले भने, ‘निष्कर्षमा एकता गरे साना अरू वामदलसहित गर्नुपर्ने र माओवादीसँगमात्र गर्दा धेरै नेता कार्यकर्ता एमालेमा फर्कने र त्यो प्रत्युत्पादक हुनसक्ने निचोड आयो ।’

ती नेताका अनुसार अरू वाम पार्टीसहितको एकता गर्दा एमालेलाई काउन्टर दिन सकिने भएकाले पनि माओवादीसँगको मात्रै एकता हतारिएर गर्न नहुनेमा सबै नेताहरू एकमत भएका छन् । 

छलफलमा नेताहरू घनेन्द्र बस्नेत, विजय पौडेल, जीवनराम श्रेष्ठ, हरि पराजुली, रामकुमारी झाँक्री, लक्ष्मण लम्साल र नरेशकुमार शाही, सुशील भट्टराई, मनाकुमारी साउद लगायत सहभागी थिए । 

उनीहरुपक्षीय नेताहरूको अर्को छलफल भदौ २२ गते पुन बस्नेछ । २२ गतेको छलफलमा पार्टीको आगामी केन्द्रीय कमिटी, स्थायी कमिटी लगायतका बैठकमा उठाउने एजेण्डाका बारेमा छलफल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप