कैलाली शिक्षक मृत्यु प्रकरण : तीन जनालाई थुनामा पठाउन आदेश
धनगढी । कैलालीको टीकापुरमा शिक्षक मृत्यु प्रकरणमा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउन कैलाली जिल्ला अदालतले आदेश दिएको छ ।
गत साउन ३ गते जानकी गाउँपालिका-४ मनुवास्थित जनता माध्यमिक विद्यालयमा कार्यरत ४५ वर्षीय शिक्षक जगदीश पन्तको शंकास्पद मृत्यु भएको थियो । धनगढी उपमहानगरपालिका-५ स्थायी बासिन्दा टीकापुरमा मृत फेला परेका थिए ।
उनको मृत्यु शंकास्पद देखिएपछि प्रहरीले टीकापुर नगरपालिका-१ चारकठ्ठाका ३२ वर्षीय वीरेन्द्र हमाल, ३६ वर्षीय लोकेन्द्र रावल र जानकी गाउँपालिका-९ अमरावतीका ३४ वर्षीय सुनिल रावललाई पक्राउ गरेको थियो । कारागार चलान भएका तीन जनाले पनत्लाई टीकापुरको एक रेस्टुरेन्टमा बोलाएर मदिरा सेवन गरेका थिए । त्यसको केही समयपछि पन्तको मृत्यु भएको थियो ।
पोस्टमार्टम रिपोर्टले पन्तको मृत्यु विषादी सेवनका कारण भएको खुलेको थियो । प्रहरीले मदिरामा विषादी सेवन गराएको आशंका वीरेन्द्र, लोकेन्द्र र सुनिललाई पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण