खैरो हेरोइनसहित २ जना पक्राउ
सारांश
- कैलाली प्रहरीले ९ ग्राम २३० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
- गोदावरी नगरपालिका-०१ बिजौरामा मोटरसाइकल चालक राजु चौधरीलाई ९ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो।
- टीकापुर नगरपालिका-०६ नारायणपुर चोकमा हिँडिरहेका नारायण डगौरालाई २३० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ।
कैलाली । कैलाली प्रहरीले ९ ग्राम २३० मिलिग्राम लागू औषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार विशेष सूचनाका आधारमा आइतबार लागू औषध नियन्त्रण ब्युरो र प्रहरी चौकी गेटाबाट खटिएको संयुक्त टोलीले गोदावरी नगरपालिका–०१ बिजौरा स्थित माछा पोखरी नजिक चेकजाँच गर्ने क्रममा से.३ प ५१४१ नम्बरको मोटरसाइकल चालक २७ वर्षीय राजु चौधरीलाई नियन्त्रणमा लिएको हो । उनको मोटरसाइकलको भाइजर मुनी टी–गार्डको प्वालभित्र लुकाइ राखिएको अवस्थामा ९ ग्राम खैरो हेरोइन फेला परेको थियो ।
त्यस्तै, इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले टीकापुर नगरपालिका–०६ नारायणपुर चोकमा पैदल हिँडिरहेका ४१ वर्षीय नारायण डगौरालाई शङ्का लागि चेकजाँच गर्दा मुखमा लुकाइ राखेको २३० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ ।
दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबलमा स्पेनको ऐतिहासिक कीर्तिमान: पुरुष र महिला दुवै टोलीको हातमा विश्वकप उपाधि
-
मेस्सीका लागि सुखद बन्न सकेन विश्वकप फाइनल, बक्सभित्र पाएनन् एक पटक पनि टच
-
यी हुन् गोल्डेन बल, बुट र ग्लोभ्स जित्ने खेलाडी, कुबार्सी उत्कृष्ट युवा खेलाडी
-
१९ वर्षकै उमेरमा यमालले रचे इतिहास
-
एम्बाप्पेलाई गोल्डेन बुटः विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता बन्दै रचे नयाँ इतिहास
-
स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनीले भने, ‘हार स्विकार्न जान्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण