प्रधानमन्त्रीले चीनको भूमिमा लिपुलेकसम्बन्धी नेपालको अडान राख्नु साहसी कदम : डा. राजन भट्टराई
सारांश
- डा. राजन भट्टराईले प्रधानमन्त्रीको चीन भ्रमणलाई राष्ट्रिय हितका लागि महत्त्वपूर्ण भने।
- भट्टराईले चीनमा लिपुलेकबारे नेपालको अडान राख्नु साहसी कदम भएको बताए।
- उनले लिपुलेक, कालापानी र लिम्पियाधुराको संरक्षण नेपाली नागरिकको दायित्व भएको उल्लेख गरे।
काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा परराष्ट्रविद् डा. राजन भट्टराईले भइरहेको प्रधानमन्त्रीको चीन भ्रमण राष्ट्रिय हितको दृष्टिले अत्यन्त महत्त्वपूर्ण भएको टिप्पणी गरेका छन् ।
प्रेस चौतारी नेपालले सोमबार काठमाडौँमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै डा. भट्टराईले प्रधानमन्त्रीले चीनको भूमिमा स्पष्ट रूपमा लिपुलेकसम्बन्धी नेपालको अडान राख्नु ऐतिहासिक र राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने साहसी कदम भएको दाबी गरेका हुन् ।
प्रधानमन्त्री शाङ्घाई सहयोग संगठनको बैठकमा सहभागी हुन र परेड कार्यक्रममा उपस्थित हुन शनिबार चीन गएका हुन् । चीन भ्रमणका क्रममा प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपतिसँगको भेटमा लिपुलेक, कालापानी र लिम्पियाधुरा विषयमा नेपालको दृष्टिकोण कूटनीतिक रूपमा स्पष्ट रूपमा राखेको एको बताएका थिए ।
‘नेपालको सिमाना अहिलेको सीमामा मात्र सीमित रहँदैन—पश्चिममा काँगडासम्म र पूर्वमा टिस्टासम्म दाबी गर्न सकिने ऐतिहासिक प्रमाणहरू छन्’, भट्टराईले नेपालले विगतमा ऐतिहासिक रूपमा सन्धिको स्वीकारोक्ति गरिसकेको र त्यसका आधारमा नै सीमा व्यवस्थापन हुँदै आएको पनि स्मरण गराए ।
अहिले प्रधानमन्त्रीले पुनः चीनको भूमिमा नेपालको सीमा अडान राख्नु ऐतिहासिक निरन्तरताको सन्देश भएको भन्दै डा. भट्टराईले भने, ‘यो त्यो भूमि हो, जुन हाम्रा पुर्खाहरूले पानी नखाईकन जोगाएको हो। आज हामी जिम्मेवार नागरिकका रूपमा यो दाबीलाई बलियोसँग प्रस्तुत गर्नुपर्छ ।’
लिपुलेक, कालापानी र लिम्पियाधुरा १४६ वर्षसम्म नेपालको प्रशासनिक नियन्त्रणमा रहेको ऐतिहासिक तथ्य दस्ताबेजहरूले पुष्टि गरिसकेको उल्लेख गर्दै डा. भट्टराईले यस्ता भू–भागको संरक्षण गर्नु नेपाली नागरिकको ऐतिहासिक र राष्ट्रिय दायित्व रहेको बताए । उनले यसअघि सिमाना विवादमा चुप लाग्ने नेताहरू अब पनि मौन बस्न नहुने स्पष्ट गर्दै भने, ‘हामीले पहिले नै जुन सन्धि स्वीकार गरिसकेका छौँ, त्यस अनुसारको भूभागमा तलमाथि गर्ने अधिकार कसैलाई छैन । अब राष्ट्रको पक्षमा अडान लिने समय आएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण